ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ देशसँग प्रस्तावित श्रम सम्झौताको मस्यौदा आदानप्रदान, तीन देशसँग हस्ताक्षर गर्ने तयारी


एबीसी न्यूज
३० आश्विन २०८१, बुधबार   १२ : ४२   बजे

काठमाडौं ३० असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तीन देशसँग श्रम सम्झौताको मस्यौदालाई टुंगो लगाएको छ । ६ देशसँगको मस्यौदा आदानप्रदान गरिएको छ । श्रम मन्त्रालयले मलेसिया, कतार र ओमानको मस्यौदा टुंगो लगाएको हो ।

 

‘मलेसिया, कतार र ओमानसँग गरिने श्रम सम्झौताको मस्यौदालाई टुंगो लगाएका छौँ । यो तीन वटै मस्यौदा तीन देशको सरकारलाई पठाइसकेका छौं । अब तीन देशसँग हस्ताक्षर गर्न मात्रै बाँकी छ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले इकान्तिपुरसँग भने,‘हस्ताक्षरका लागि समय तय गर्न नेपाली दूतावासले सम्बन्धित देशसँग समन्वय गरिरहेको छ ।’

श्रममन्त्री भण्डारीका अनुसार श्रमिकको भर्ना प्रक्रियालाई पारदर्शी, न्यायोचित र नैतिक बनाउनका लागि स्रोत देश र गन्तव्य देशले बहन गर्नुपर्ने विषयलाई समेटी श्रम सम्झौतालाई प्राथमिकता दिइएको छ । ‘नेपालमा उपलब्ध जनशक्तिलाई बाहिर पठाउने यो बाध्यकारी अवस्था सबैसामु छर्लङ्ग नै छ । मुलुकको आर्थिक अवस्थामा केही सुधार आए पनि तत्काल मर्यादित रोजगारी दिने सम्भावना कम छ । अदक्ष कामदारको अवसर लिन पनि भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकासँग प्रतिस्पर्धा गर्नुपरिरहेको छ । त्यसलाई समेत ध्यान दिई श्रम सम्झौताको प्रक्रिया अगाडि बढाइएको छ,’ उनले भने,‘द्विपक्षीय श्रम सम्झौतामार्फत नेपाली श्रमिकको अधिकारको संरक्षण र अन्तर्राष्ट्रिय कानुनको पालना हुने गरी कार्यान्वयन गर्न ध्यान दिएका छौँ ।’

मलेसिया र कतार नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक हो । मलेसियामा सबैभन्दा बढी चार लाख नेपाली कार्यरत छन् । कतारमा तीन लाख नेपाली रहेका छन् । मलेसियासँग गरिएको श्रम सम्झौता गत वर्षको कार्तिक १२ मा सकिएको थियो । द्विपक्षीय समझदारीको आधारमा परिमार्जन गरिएको श्रममन्त्री भण्डारीले बताए । गत आर्थिक वर्षमा मलेसियमा ८२ हजार नेपाली गएका थिए ।

नेपालले सबैभन्दा पहिला कतारसँग २००५ मा श्रम सम्झौता गरेका थियो । कतारको बदलिएको श्रम व्यवस्था र आवासीय कानुनलाई समेटेर नयाँ श्रम सम्झौता गर्न दुई देश नै तयार भएका हुन् । गत जेठमा कतारी अमिर शेख तमिम बिन हमाद अलथानीको नेपाल भ्रमणको समयमा नै कतारसँग नया श्रम सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको थियो । त्यतिखेर मस्यौदाका उल्लेखित प्राविधिक विषयहरू टुंगाउन बाँकी थियो । गत आर्थिक वर्ष कतारमा ४० हजार नेपाली गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

औरही नगरपालिकामा चापाकल खरिदमा अनियमितता आरोप, ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धुलिखेल–दाप्चा सडक १० मिटर चौडा बनाइँदै, ३ अर्ब ८० करोड लागत अनुमान

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu