ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कात्तिकका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति?


एबीसी न्यूज
३० आश्विन २०८१, बुधबार   १२ : ५६   बजे

काठमाडौं ३० असोज । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।  असोज महिनाको तुलनामा कात्तिकका लागि वाणिज्य बैंकहरुले औसत ब्याजदर ०।२१ प्रतिशतले घटाएका हुन्।

कात्तिक महिनाका लागि निक्षेपमा १० वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदा ९ वाणिज्य बैंकहरुले भने ब्याजदरलाई परिवर्तन गरेका छैनन्।

 

सानिमा बैंकले भने व्यक्तिगततर्फ ब्याजदर बढाउँदा संस्थापकतर्फको पुरानै ब्याजदर कायम गरेको छ।

यो वर्ष सबैभन्दा धेरै माछापुच्छ्रे बैंकले ७ प्रतिशत ब्याज दिँदा सबैभन्दा थोरै कृषि विकास बैंकले ५।७ प्रतिशत ब्याज दिने भएको छ।

यस्तो छ यो वर्ष वाणिज्य बैंकहरुको ब्याजदर
सिटिजन्स बैंकले व्यक्तिगततर्फ मुद्दती निक्षेपमा ५।७५ प्रतिशत र संस्थागततर्फ ४।५ प्रतिशत ब्याज दिँदा हिमालयन बैंकले व्यक्तिगततर्फ ६।२५ प्रतिशत र संस्थागततर्फ ५।२५ प्रतिशत ब्याजदर कायम गरेको छ।

यस्तै लक्ष्मी सनराइजले व्यक्तिगततर्फ ६ प्रतिशत दिँदा संस्थागततर्फ ५ प्रतिशत र सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत दिँदा व्यक्तिगततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेको हो।

नबिल बैंकले भने व्यक्तिगततर्फ ६।२५ प्रतिशत र संस्थागततर्फ ५।२५ प्रतिशत ब्याजदर कायम गर्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ६।५ र संस्थागततर्फ ३।७५ प्रतिशत ब्याजदर तोकेको छ।

यस्तै कृषि विकास बैंकले पनि व्यक्तिगततर्फ ५।७५ र संस्थागततर्फ ३।७५ प्रतिशत ब्याजदर कायम गर्दा प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ४।२५ प्रतिशत ब्याज कायम गरेको छ।

यता राष्ट्रिय वाणिज्य बैंकले भने व्यक्तिगततर्फ ५।८ प्रतिशत र संस्थापकतर्फ ५ प्रतिशत ब्याज दिँदा एनआईसी एसियाले भने व्यक्तिगततर्फ ६।९९ प्रतिशत र संस्थागततर्फ ५।९९ प्रतिशत ब्याज दिने भएको हो।

नेपाल बैंकले, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र माछापुच्छ्रे बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन्।

सानिमा बैंकले भने व्यक्तिगततर्फ ०।२५ प्रतिशतले बढाएर ६।१५ प्रतिशत ब्याजदर कायम गरेको छ भने संस्थागततर्फ पुरानै दरलाई कायम गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu