ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनकुनेमा दुर्घटना गराएर भागेका चालक कुपण्डोलबाट पक्राउ, घाइतेको मृत्यु


एबीसी न्यूज
३० आश्विन २०८१, बुधबार   २ : ५०   बजे

काठमाडौं ३० असोज ।   काठमाडौँको तीनकुनेमा तीन दिन अघि दुर्घटना गराएर फरार भएका चालकलाई प्रहरीले ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको छ।

मोरङको विराटनगर घर भई हाल ललितपुर महानगरपािलका १ कुपण्डोल बस्ने ४० वर्षीय निरज बिष्टलाई प्रहरीले पक्राउ गरेको हो।

उनले चलाएको गाडी असोज २६ गते साँझ साढे ६ बजे काठमाडौं महानगरपालिका ३२ तीनकुने गैरीगाउँ सडकमा दुर्घटना भएको थियो। दुर्घटनामा सर्लाहीको कबिलासी नगरपालिका २ घर भई हाल तीनकुने बस्ने ५१ वर्षका विनोद महरा भन्ने राम विनय राम घाइते भएका थिए। बिष्टले नै घाइते रामलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगलमा पु¥याएका थिए। तर उनी त्यसपछि फरार भएको प्रहरीको भनाई छ।

घाइते रामको उपचारको क्रममा असोज २७ गते मृत्यु भएको थियो। घाइतेको मृत्युपछि काठमाडौं प्रहरी परिसर र प्रहरी बृत्त बानेश्वरको टोलीले सीसीटीभी फुटेजको सहयोगमा बिष्टलाई पक्राउ गर्न सफल भएको काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

दुर्घटनामा संलग्न सवारीसहित फेला परेका उनीमाथि प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान अगाडी बढाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu