ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविसँगै यी १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी


एबीसी न्यूज
२ कार्तिक २०८१, शुक्रबार   ७ : ०३   बजे

काठमाडौं २ कात्तिक । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार अदालतसमक्ष पक्राउ अनुमति माग गरेको थियो।

प्रहरीको मागअनुसार उनीहरुसँग बयान लगायतका थप अनुसन्धान गर्नुपर्ने आधार, कारण मनासिब देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ ९३० बमोजिम निजलाई पक्राउ गर्न अनुमति दिइएको उल्लेख छ।

 

पूर्वगृहमन्त्री समेत रहेकधा लामिछानेसँगै विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तवावु राई, रामबहादुर खनाल, देवेन्द्रवावु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, विरबहादुर रानाभाट, दिपा न्यौपाने र कल्पनाकुमारी श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिएको हो।

न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार यस्तो अनुमति दिएको हो। यसअघि यही मुद्दाको दोस्रो चरणको अनुसन्धानमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन्। उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

पोखराको सूर्यदर्शनको रकम अपलचन गरेको आरोपमा असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए। लगत्तै रवि पक्राउको तयारी अघि बढाइएको थियो।

सहकारी छानबिन समितिले जीबी राई, रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको ठहर गर्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो।

समितिको प्रतिवेदन मन्त्रिपरिषद बैठकले नै कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। मन्त्रिपरिषद्ले कार्यन्वयनका लागि गृह मन्त्रालयमा पठाएको थियो।

गृहमन्त्री लेखकले आइतबार प्रहरी महानिरीक्षकलाई बोलाएर उक्त प्रतिवेदन कार्यन्वयनमा अगाडि बढ्न निर्देशन दिएका थिए।

पूर्वडीआईजीसमेत रहेका जोशी, पूर्वगृहमन्त्री लामिछाने र सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु ९जीबी० राई ब्यापारिक साझेदार हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu