ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलको इरानमाथि मिसाइल् आक्रमण शुरु, इराकको हवाई सेवा बन्द


एबीसी न्यूज
१० कार्तिक २०८१, शनिबार   ७ : ३४   बजे

काठमाडौं १० कात्ति । इजरायलले इरानका सैन्य लक्ष्यहरू विरुद्ध आक्रमण गरिरहेको र तेहरानभार मिसाई ससाइरनको चर्को आवाज आइरहेको बताइएको छ ।न्यूयोर्क टाइम्सका अनुसार इजरायली रक्षा बलले उक्त आक्रमणलाई इरानको ूनिरन्तर आक्रमणू को प्रतिक्रिया भनेको छ।
इरानको राजधानीमा विस्फोटको आवाज सुनिएको तेहरानको सरकारी मिडियाले जनाएको छ। आक्रमणको परिमाण र अवधि तुरुन्तै स्पष्ट भने हुन सकेको छैन । यो आक्रमण अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिकेनले इजरायलको भ्रमण लगत्तै भएको हो । तर एक इजरायली अधिकारीले वर्गीकृत योजनाको बारेमा छलफल गर्न नाम न छाप्ने सर्तमा बोल्दै इजरायलले इरानको तेल उत्पादन वा आणविक अनुसन्धान साइटहरूमा आक्रमण नगर्ने स्पष्ट गरेको पश्चिमी सञ्चामाध्यमले जनाएका छन् ।

यस महिनाको सुरुमा इरानले हेजबुल्लाहका नेता हसन नस्रल्लाह र हमासका प्रमुख इस्माइल हानियाहको हत्याको बदलामा इजरायलमा करिब २०० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।

इजरायल र इरानबिच अवस्थित इराकका सबै एयरपोर्टहरूमा हवाई यातायात स्थगित गरिएको भन्दै स्थानीय मिडियाका अनुसार यातायात मन्त्री रजाक मोहिब्स अल– सादावीले बताए । ‘क्षेत्रीय तनावका कारण इराकी हवाई क्षेत्रमा नागरिक उड्डयनको सुरक्षा सुनिश्चित गर्न अर्को सूचना नआउन्जेल इराकी हवाई यातायात स्थगित गरिएको छ।’ अक्टोबर १ मा इरानले इजरायलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि इराकले पनि अस्थायी रूपमा हवाई यातायात स्थगित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu