तपाईं पहिले नै डोनाल्ड ट्रम्पलाई चिन्नुहुन्छ। उहाँ नेतृत्वका लागि अयोग्य हुनुहुन्छ। उहाँलाई ध्यानपूर्वक हेर्नुहोस्। उहाँलाई राम्ररी चिनेका मानिसहरूको कुरा सुन्नुहोस्। उहाँले चुनावलाई असफल बनाउन प्रयास गर्नुभयो र अहिले पनि लोकतन्त्रको लागि खतरा बन्दै हुनुहुन्छ। उहाँले रो( Roe) को अधिकार उल्ट्याउन सहयोगी बन्नुभयो, जसले भयानक परिणामहरू निम्त्यायो। श्री ट्रम्पको भ्रष्टाचार र गैरकानूनी आचरण चुनावभन्दा परसम्म पुग्छः यो उहाँको सम्पूर्ण सोच हो। उहाँ असीमित रूपमा झुट बोल्नुहुन्छ। उहाँ फेरि निर्वाचित भएमा, जिओपी ले उहाँलाई रोक्ने छैन। श्री ट्रम्पले सरकारलाई आफ्ना विरोधीहरूलाई लक्षित गर्न प्रयोग गर्नुहुनेछ। उहाँले सामूहिक निर्वासनको क्रुर नीतिलाई अघि बढाउनुहुनेछ। उहाँले गरिब, मध्यम वर्ग र रोजगारदाताहरूमाथि संकट ल्याउनुहुनेछ। अर्को ट्रम्प कार्यकालले जलवायुमा क्षति पुर्याउनेछ, गठबन्धनहरू टुक्र्याउनेछ र तानाशाहहरूलाई बलियो बनाउनेछ। अमेरिकीहरूले अझ राम्रोका लागि माग गर्नुपर्छ। मतदान गर्नुहोस्।
(अमेरिकामा ४७ औं राष्ट्रपतिय निर्वाचनको ३ दिनपहिले नोभेम्वर २ मा न्यूर्योक टाइम्सले लेखेको सम्भवत सवैभन्दा छोटो र सवैभन्दा लामो सम्पादकीय यही हुनु पर्दछ ।)
यसपटकको निर्वाचनमा अमेरिकी मिडिया नियाल्ने जो कसैले पनि सहजै बुझ्न सक्नेछ । निर्वाचन केवल तटस्थताको नौटंकी नभएर आफ्नो विश्वास र आस्थालाई खुला रुपमा आम जनताका बीचमा राख्ने ऐतिहासिक पर्व हो भन्ने पुष्टि गरेको छ । स्वभावैले विचारधाराका प्रश्नमा मिडिया कहिल्यै पनि तटस्थ हुनसक्दैन भन्ने बहसलाई वाशिंगटन पोष्टमाथि चुनावको १० दिन अघि मात्र पत्रिकाका मालिक जेफ बेजोसले राष्ट्रपतिको उमेद्वार कमला ह्यारिसलाई समर्थन गर्न अस्वीकार गर्ने निर्देशनले राजनीतिक स्वतन्त्रता र मिडियाको बैचारिकी सम्वन्धी बहसको स्वयं पोष्टले नै नेतृत्व गरेको रोचक अवस्था देखिइरहेको छ ।
अमेरिकी चुनावसम्वन्धी सामग्री
सच्चाइको कठोरताः अमेरिकनहरूले समाचार मिडियामा विश्वास गर्दैनन् : जेफ बेझोस
अमेरिकी चुनाव विश्वका अन्य देशहरूका लागि किन महत्त्वपूर्ण छ ?
ह्यारीस र ट्रम्पः पश्चिम एशियामा अमेरिकन राजनीतिका दुई अनुहार
अमेरिकाको राजनीतिक पुनर्संरचना बुझ्नमा डेमोक्र्याटहरू चुक्दैछन्
अमेरिकी व्यवसाय अर्को ट्रम्प राष्ट्रपतिको कार्यकालको जोखिम लिन सक्दैनः न्यूयोर्क टाइम्स
‘एआई डीपफेक’ ले यस चुनावलाई ‘नोभेम्बर सरप्राइज’ गराउन सक्छ !
कसरी एउटा उष्णकटिबंधीय टापुको नाङ्गो मानिसले हाम्रो वर्तमान राजनीतिमा पागलपन सिर्जना गर्यो ?
कमला ह्यारिसको अस्पष्ट र खाली टिभी अन्तर्वार्ताले उनलाई मद्दत गरेन : ब्रेट स्टेफेन्स
चिनियाँ शासकहरू कमला ह्यारिस र टिम वाल्जबाट चकित छन् : इकोनोमिष्ट
‘व्यापारिक अगुवाहरु ट्रम्प ठट्टा गर्ने व्यक्ति भएको भन्ने पूर्णत: गलत निश्कर्षमा’
प्रतिक्रिया दिनुहोस्