ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साढे आठ लाख नगदसहित १२ जना जुवाडे पक्राउ


एबीसी न्यूज
१९ कार्तिक २०८१, सोमबार   १२ : ०९   बजे

काठमाडौं १९ कात्तिक । हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फाका फिरोज लालचनले सञ्चालन गरेको माउन्ट भिल्ला एन्ड रेस्टुरेन्टबाट साढे आठ लाखसहित १२ जना जुवाडेलाई मुस्ताङ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश सुवेदीका अनुसार प्रहरीले तिहारको दिन बेलुका नगद आठ लाख ५२ हजार आठ सय रुपियाँ नगदसहित १२ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले फिरोज लालचनले सञ्चालन गरेको होटल माउन्ट भिल्ला एन्ड रेस्टुरेन्टबाट सुरज लालचनसहित १२ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने ५० वर्षीय सुरज लालचन, ५६ वर्षीय राजु लालचन, ५० वर्षीय जेम्स हिराचन, ५३ वर्षीय गुन्ज हिराचन, ६० वर्षीय दलबहादुर हिराचन, ५० वर्षीय विश्व लालचन रहेका छन् ।

त्यस्तै कास्कीको पोखरा महानगरपालिका वडा ९ स्थायी घर भई मुस्ताङको घरपझोङ गाउँपालिका वडा २ बस्ने ५० वर्षीय आइत ज्वारचन, घरपझोङ गाउँपालिका वडा २ मार्फाका ३८ वर्षीय समीर ज्वारचन, ५० वर्षीय कविन ज्वारचन, ६५ वर्षीय यामप्रसाद मगर, ४० वर्षीय सन्तोष लालचन र कास्की पोखरा महानगरपालिका वडा ९ घर भई मुस्ताङको घरपझोङ गाउँपालिका वडा २ का ६० वर्षीय कमल हिराचन छन् ।

प्रहरी निरीक्षक सुवेदीले पक्राउ परेका १२ जनाबाट ८ बुक तासका साथै नगद आठ लाख ५२ हजार आठ सय रुपियाँ बरामद गरिएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

सम्बन्धित

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu