ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक लाख पचास हजार नगदसहित १४ जना जुवाडे पक्राउ


एबीसी न्यूज
१९ कार्तिक २०८१, सोमबार   १२ : १६   बजे

काठमाडौं १९ कात्तिक । एक लाख पचास हजार नगदसहित १४ जना जुवाडेलाई प्रहरीले नेपालगन्जबाट पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमको नेतृत्वमा खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका ४, सल्यानी बागबाट जुवातास खेलिरहेका १४ जना जुवाडेलाई सोमबार बिहान पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताउनुभयो ।

जुवातास खेलिरहेको सूचनाको आधारमा गएको प्रहरी टोलीले सोमवार विहान करिव साढे १ बजेको समयमा सल्यानीबागस्थित सुवाष तारामी मगरको घरमा छापा मार्दा एक लाख ५४ हजार ८२० रुपियाँ र चार गड्डी तास बरामद गरेको एसपी कार्कीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक अरुण बमको नेतृत्वमा गएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका ४ का ४० वर्षीय पृतम शाक्य, सोहि ठाउँका ४८ वर्षीय रामबहादुर पाण्डे, ३० वर्षीय सुरज श्रेष्ठ, सोही ठाउँका ४३ वर्षीय बिशालजङ्ग शाही र ४१वर्षीय उमेश सिंहलाई पक्राउ गरेको हो ।

त्यसैगरि, सल्यानीबागका ४२ वर्षीय अर्जुन सुनार, सोही ठाउँका ३० वर्षीय प्रेम सुनार, ४० वर्षीय बुद्धि रसाइली, ४० वर्षीय सुलभ सार्की, ३८ वर्षीय सुबाष तारामी मगर, ४१ वर्षीय रबिन थापा, ४६ वर्षीय लोकेन्द्र श्रेष्ठ, ४४ वर्षीय शरद श्रेष्ठ र सोही ठाउँका ४७ वर्षीय प्रकाश पोखरेललाई प्रहरीले पक्राउ गरेको एसपी कार्कीले बताउनुभयो ।

प्रहरीले यसअघि जयसपुर, राप्तीसोनारी, वसपार्क लगायतका क्षेत्रबाट लाखौं रुपियाँसहित तीन दर्जन बढी जुवाडेहरु पक्राउ गरिसकेको छ ।

जुवातास नियन्त्रणका लागि बिशेष अभियान चलाएको प्रहरीले तदारुकताका साथ अभियान थालेपछि जुवाडेहरु धमाधम पक्राउ परेका छन् । ‘जुवातास नियन्त्रणका लागि सादा पोशाकका प्रहरी परिचालन गरि सूचना लिने र छापा मार्ने काम जारी छ,’ एसपी, कार्कीले भन्नुभयो ।

प्रहरी सक्रियताकै कारण यस वर्ष विगतका वर्षहरुभन्दा धेरै जुवाडेलाई पक्राउ गर्न सकिएको जिल्ला प्रहरी कार्यालय बॉकेले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu