ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको अडानी समूहद्वारा बङ्गलादेशतर्फ आपूर्ति भएको बिजुलीमा कटौती


एबीसी न्यूज
१९ कार्तिक २०८१, सोमबार   १२ : १९   बजे

काठमाडौं १९ कात्तिक । भारतीय अडानी समूहले बङ्गलादेशमा करिब ८५ करोड अमेरिकी डलर को बक्यौता बिल तिर्न बाँकी रहेको भन्दै सीमापार विद्युत आपूर्तिलाई आधा घटाएको विद्युत अधिकारीहरूले आइतबार बताएका छन् ।

बङ्गलादेश विद्युत् विकास बोर्ड ९बीपीडीबी० का अध्यक्ष रेजाउल करिमले आइतबार एएफपीसँग भन्नुभयो, “हामी अन्य प्लान्टहरू चलाएर यो खाडल पूरा गर्ने प्रयास गरिरहेका छौँ ।”

भारतको झारखण्ड राज्यमा रहेको अडानीको कोइलाबाट चल्ने गोड्डा प्लान्टले बङ्गलादेशको १३ गिगावाटको बेसलोड बिजुलीको मागको सातदेखि १० प्रतिशतसम्म आपूर्ति गर्छ । तर अडानीले सेप्टेम्बरमा ढाकालाई लगभग ८५० मिलियन डलर बराबरको यसको बिलहरू तिर्न सूचना जारी गरेको थियो ।

त्यतिबेला अडानी समूहले यसलाई ‘अस्थिर अवस्था’ भनेको थियो । समूहले भनेको थियो, “हाम्रो आपूर्ति प्रतिबद्धता मात्र होइन, हाम्रा ऋणदाता र आपूर्तिकर्ताहरूसँगको प्रतिबद्धता पनि पूरा गरिरहेका छौँ ।” अडानीले आइतबार तत्काल कुनै प्रतिक्रिया दिनुभएको छैन ।

करिब १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशले भुक्तानीका लागि डलर जुटाउन सङ्घर्ष गरिरहेको छ । करिमले भन्नुभयो, “एक महिनामा कुल भुक्तानी गर्न सम्भव छैन । तर हामी क्रमशः भुक्तानीको आकार बढाउने प्रयास गरिरहेका छौँ। हामी अडानी समूहसँग यस विषयमा छलफल गरिरहेका छौँ र उनीहरूलाई सूचित गरेका छौँ ।”

करिमका अनुसार बङ्गलादेशले अक्टोबरमा अडानी समूहलाई नौ करोड ७० लाख अमेरिकी डलर तिरेको थियो, जुन अघिल्लो तीन महिनाको भुक्तानीभन्दा बढी हो ।

सामान्यतया नोभेम्बरमा माग कम हुन्छ । बङ्गलादेशीहरू चिसोका लागि ऊर्जाशक्तिबाट चल्ने एयर कन्डिसनरमा निर्भर हुन्छन् । यहाँ महिनौँको चर्को गर्मीपछि नोभेम्बरमा अपेक्षाकृत चिसो मौसम सुरु हुन्छ ।”

शुक्रबार अडानीको गोड्डा प्लान्टले एक हजार ४९६ मेगावाटको स्थापित क्षमताको तुलनामा ७२४ मेगावाट आपूर्ति गरेको थियो भने बङ्गलादेशले करिब एक हजार ६८० मेगावाट लोडसेडिङको सामना गर्नुपरेको थियो ।

बङ्गलादेशले भारतको पश्चिम बङ्गाल र त्रिपुराराज्यबाट एक हजार १६० मेगावाट विद्युत् आयात गर्दै आएको छ । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu