ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले दिने भयो ७५ अर्ब ऋण, तर सर्तै सर्त राखेर


admin
२३ फाल्गुन २०७४, बुधबार   ५ : १६   बजे

काठमाडौं, २३ फागुन । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि काठमाडौंमा भएको दाता सम्मेलनमा भारतले १ खर्ब दिने बाचा गरे अनुरुप नेपाललाई सहुलियत ऋण दिने प्रक्रिया अघि बढाएको छ ।

भारतले भौतिकपूर्ण पुननिर्माणका लागि ७५ अर्ब सहुलियत ऋण एक्जिम बैंकबाट लिन सरकारलाई आग्रह गरेको छ । यससंगै भारतले आफूले दिने रकमको ठूलो हिस्सा ठूला परियोजनामा खर्च गर्नुपर्नेदेखि ठेकेदार भारतीय हुनुपर्ने र निर्माण सामाग्री आफ्नो देशबाट आयात गर्नुपर्ने लगायतका सर्तहरु राखेको छ ।

समान्यतया एक्जिम बैंकले गर्ने लगानीमा हुने शर्तहरु नै पुनर्निर्माणका लागि पनि राखिएको छ ।

यस्ता छन् भारतका सर्तहरु

भारतले आफूले दिन लागेको सहुलियत ऋण ठूला पुनर्निर्माण परियोजनामा खर्च गर्न प्रस्ताव गरेको छ । मुख्य रुपमा ऐतिहासिक महत्वका पुरातात्विक सम्पदाहरु पुनर्निर्माणमा लगाउन प्राधिकरणसमक्ष पटक-पटक आग्रह गरेको पाइएको छ ।

यसले २० वर्षमा तिर्नुपर्ने गरी पाउन लागेको रकम पनि नेपालको आवश्यकता भन्दा भारतले चाहेको ठाउँमा खर्च गर्नुपर्ने अवस्था आएको एक अधिकारी बताउँछन् ।

भारतले नेपालसामू ऋण लिन विभिन्न सर्तहरु तेस्र्याएको छ । उसले ऋण लिएर सञ्चालन गर्ने परियोजनामा प्रयोग हुने समाग्री आफ्नै देशले आयात गरेको हुनुपर्ने सर्त राखेको छ । यति मात्र होइन, भारतीय ठेकेदारले नै त्यसमा ठेक्का पाउनुपर्ने र कन्सलटेन्टको काम पनि भारतीय पक्षले नै गर्न पाउनुपर्ने सर्त राखेको छ ।

पुनर्निर्माण प्राधिकरण सबै सर्त मानेर भएपनि रकम ल्याउन तयार देखिएको छ ।

भारतले भने पशुपतिनाथका साथै अन्य पुरातात्विक सम्पदा पुननिर्माणमा चासो देखाएको छ ।

सम्पदाविद लगायतले भने पुरातात्विक सम्पदा पुनर्निर्माण नेपाल सरकारले नै गर्नु पर्ने मत राख्छन् । साथै आफूले दिन सहुलियत ऋण पुरातात्विक सम्पदा पुनर्निर्माणमा गर्नु पर्ने भारतको सर्त अर्थपूर्ण भएको उनीहरु बताउँछन् ।

पुनर्निर्माण प्राधिकरणका प्रवक्ता भुसाल भने पशुपति मन्दिर र त्यसभित्रका धेरै क्षतग्रस्त संरचनाको पुननिर्माण आफ्नै स्रोतबाट सुरु भइसकेको बताउँछन् । तर, पशुपति क्षेत्रको एउटा मन्दिरको पुनर्निर्माण भने भारतलाई दिन लागिएको छ ।

सहुलियत ऋणबाट ललितपुरको पुरातात्विक हरिहर भवन पुनर्निर्माण गर्ने प्राधिकरणको प्रस्ताव छ । यसका साथै विश्वविद्यालयका भवन, केही सरकारी भवन र पुरातात्विक सम्पदा पुनर्निर्माण गरिने प्रवक्ता भुसालले जानकारी दिए ।

भारतबाट ल्याइने रकम कहाँ-कहाँ खर्च गर्ने भन्ने निक्र्योल गरेपछि पुनर्निर्माण प्राधिकरण, एक्जिम बैंक र सम्बिन्धत परियोजनाबीच त्रिपक्षीय सम्झौताहरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, विदेश जाने सेवाग्राही सबैभन्दा बढी मारमा

सरकारी सफ्टवेयरका लागि छुट्टै केन्द्र, ३० स्थायी कर्मचारी रहने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu