ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले ठूला दलका भ्रष्ट र अपराधीलाई जोगाउने काम गरेको छ – प्रभु साह


एबीसी न्यूज
१९ कार्तिक २०८१, सोमबार   ४ : ३०   बजे

काठमाडौं १९ कात्तिक । आम जनता पार्टी आजपा का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मनोमानी कर उठाउने कारणले महंगी बढेको बताएका छन्। करको नाममा हरेक क्षेत्रमा ओली सरकारको आतंक मचाएको उनले आरोप लगाए।

दिपावली तथा छठ पर्वको अवसरमा आज रौतहटको घिऊरामा आयोजित शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले शान्ति सुरक्षा कायम गर्न असफल भएको ओली सरकार हरेक बस्तुमा कर आतंक मचाएको टिप्पणी गरे।

‘सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको छ। हत्या, हिंसा, लुट, भ्रष्टाचार बढदै गईरहेको छ। सँगसँगै हरेक बस्तुमा प्रधानमन्त्री ओलीको सरकारले करमाथि कर लगाउने र नागरिकलाई लुट्ने काम गरिरहेको छ’, आजपा अध्यक्ष साहले भने, ‘हामीभन्दा ठूलो देश भारत र चीनमा कुनै पनि समान सस्तोमा पाउने तर नेपालमा किन त्यही समान महंगोमा पाउनेरु भारतमा २ लाखमा पाउने मोटरसाइकल नेपालमा किन पाँच लाख तिर्नुपर्ने रु यहाँ ओली सरकारको करमाथि कर लगाउने, असुल्ने र राज्यको ढुकुटी सिद्धयाउने कामले महंगी बढेको हो।’

 

शान्ति सुरक्षा कायम गर्न असफल भएको भएको बताउँदै उनले अहिले सबै क्षेत्रमा सरकारी आतंक मच्चाइएको बताए। सरकारले सत्तारुढ दलका अपराधी र भ्रष्टहरुलाई जोगाईरेको भन्दै उनले विभिन्न ठूला काण्डमा मुछिएका सत्तारुढ दलका नेतालाई जोगाउने काम ओली सरकारले गरेको दाबब गरे।

‘अहिले सरकारी आतंक मचिएको छ। सरकारले सत्तारुढ दलका अपराधि, भ्रष्टलाई जोगाउने काम मात्रै गरेको छ। सत्तारुढ दलका नेताहरू नाँगै हिँड्दा समेत केही नगर्ने यो सरकारले छानीछानी विपक्षलाई तर्साउने र दुःख दिने काम गरिरहेको छ’, आजपा अध्यक्ष साहले भने, ‘गाउँदेखि सहरसम्म सत्तारुढ दलको आतंक मचिएको छ। प्रहरी प्रशासन देखि सबै क्षेत्रमा सरकारी आतंकले सर्वसाधारण नागरिकले दुःख पाइरहेका छन्।’

आजपा ईशनाथ कमिटीद्वारा आयोजित कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, महासचिव त्रिभुवन साह, स्थाई कमिटी सदस्यहरू श्रीभगवान पटेल, नरेश तुरहा, लालबाबू मंसूरी लगायतका नेताहरूको सहभागिता रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group