ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा पावरकन २०२४ सम्मेलन सुरु, १५ देशका ऊर्जा विशेषज्ञ सहभागी


एबीसी न्यूज
१९ कार्तिक २०८१, सोमबार   ४ : ४१   बजे

काठमाडौं १९ कात्तिक । विश्वभरका इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक इन्जिनियरहरुको संस्था आई(ट्रिपल ईको पावर एन्ड इनर्जी सोसाइटी ९पीईएस०को आयोजनामा ऊर्जा प्रणाली प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।

पीईएसको नेपाल च्याप्टरको सहआयोजनामा भएको यो सम्मेलनमा १५ देशका करिब १०० प्रतिनिधि सहभागी रहेको सम्मेलनको प्राविधिक समितिका कोचेयर डा। सुजन अधिकारीले जानकारी दिए । पावरकन नामले चिनिने यो सम्मेलन ऊर्जा प्रणालीसम्बन्धी विश्वकै ठूलोमध्येको कार्यक्रम मानिन्छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा उर्जा प्रणालीसम्मबन्धी ७७ वटा पेपरहरु प्रस्तुत हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै आई ट्रिपल ई( पावर एन्ड इनर्जी सोसाइटीकी पूर्वअध्यक्ष जेसिका बियानले यो सम्मेलनले उर्जा क्षेत्रमा अहिले भइरहेका र भोलि हुने परिवर्ननले भविष्यको पुस्तालाई कसरी लाभान्वित बनाउन सकिन्छ भन्ने विषयलाई दिशा निर्देश गर्ने बताइन् । यो संसारभरिका इलेक्ट्रिकल इन्जिनियरहरूलाई जोड्ने महत्वपूर्ण कार्यक्रम भएको उनले बताइन् ।

अष्ट्रेलियन इनर्जी मार्केट अपरेटरका रणनीतिक सल्लाहकार डिन सर्राफीले अहिलेको विश्व उर्जा संक्रमणको चौबाटोमा रहेको बताए । ‘आधुनिक ऊर्जा प्रणालीले नवीकरणीय उर्जालाई उच्चस्तरमा निरन्तर रुपमा एकीकृत गर्दै लगेको छ र यो विकासका कारण विभिन्न चुनौतीहरु पनि सामना गरिरहेको छ, ‘ उनले भने, ‘हामी केन्द्रीकृत उर्जा स्रोतबाट उपभोक्ता उर्जा स्रोततर्फ अघि बढेका छौँ ।’

यस्ता परिवर्तनबारे जान्न र भोलिको भविष्यमा के गर्ने भन्नेबारे छलफल गर्न यो सम्मेलन महत्त्वपूर्ण हुने उनले बताए ।

आईट्रिपलई(पीईएसका भाइस प्रेसिडेन्ट निर्मल नायरले उर्जा क्षेत्रका चुनौतीपूर्ण विषयहरुमा विद्यार्थीहरुलाई पारंगत बनाउन आईट्रिपले इन्जिनियरहरुलाई छात्रवृत्ति दिइरहेको जानकारी दिए ।

ऊर्जा मन्त्रालयका पूर्वसचिव दिनेशकुमार घिमिरेले विश्वासिलो र गुणस्तरीय उर्जा अहिलेको आवश्यकता रहेको बताए । ‘नेपालको उर्ज खपतमा ६१ हिस्सा बायोमास ९दाउरा गुइँठा आदि०को छ । १० प्रतिशत नवीकरणीय उर्जाको छ र यो बढ्दो क्रममा छ’, उनले भने, ‘भविष्यमा दिगो उर्जा प्रणालीको विकास सबैका लागि महत्वपूर्ण हुनेछ ।’

कार्यक्रममा आईट्रिपलईको पावर एन्ड इनर्जी सोसाइटी ९पीईएस० नेपाल च्याप्टरका अध्यक्ष प्रा। नवराज कार्कीले यति महत्वपूर्ण सम्मेलन काठमाडौँमा गर्न पाउनु नेपालका लागि गौरवको कुरा रहेको बताए ।

चाइनिज सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियरिङ र आई ट्रिपल ई पावर एन्ड इनर्जी सोसाइटीको पहलमा सन् १९९८ देखि भइरहेको सम्मेलन मूलतः एसिया प्यासिफिक मुलुकहरुमा आयोजना हुने गरेको छ । अहिले काठमाडौंमा यसको १६औँ संस्करण भइरहेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group