सिनेटका रिपब्लिकनहरूको बहुमतले क्यापिटलमा भएको आक्रमणसहितको असफल कूमा ट्रम्पलाई दोषी ठहर गर्न अस्वीकार गरेका थिए
जुन वर्षमा अमेरिकीहरूले राष्ट्रपति चयन गर्छन्, त्यतिबेला यो प्रतिस्पर्धाले प्रायः राष्ट्रको ध्यान आकर्षित गर्छ। तर, यस वर्ष वाशिङ्टन डी.सी. मा हाम्रो प्रतिनिधित्व गर्ने ४६९ जना अन्य प्रतिस्पर्धीहरु पनि रहेका छन्।
यी चुनावहरू पनि सामूहिक रूपमा संयुक्त राज्य अमेरिकाको शासनको लागि राष्ट्रपतीय प्रतिस्पर्धाजस्तै महत्वपूर्ण छन्। कानुन निर्माण बाहेक, कङ्ग्रेसले संघीय बजेट विनियोजन गर्छ, देशको ऋण अनुमोदन गर्छ र यसको व्यापारलाई नियमन गर्छ। ययसले युद्धका् घोषणा, सन्धिहरू अनुमोदन, विभिन्न नियुक्तिहरू अनुमादेन गर्ने, र अनुसन्धान तथा महाअभियोग प्रक्रियामार्फत संघीय अधिकारीहरूलाई जवाफदेही बनाउने अधिकार पनि राख्छ।
यो नयाँ कङ्ग्रेसको पहिलो प्रमुख जिम्मेवारी शान्तिपूर्ण रूपमा शक्तिको हस्तान्तरण सुनिश्चित गर्नु हुनेछ
अर्को शब्दमा, कङ्ग्रेसले ह्वाइट हाउस महत्वाकांक्षाहरूलाई स्वीकार गर्ने वा रोक्ने निकाय पनि हो। जबकि यी प्रमुख जिम्मेवारीहरू जो कोही राष्ट्रपतिमा विजयी भए पनि परिवर्तन हुँदैनन्, यदि डोनाल्ड ट्रम्प पुनः निर्वाचित भए भने, प्रतिनिधि सभा र सिनेटले उनको कार्यकालमा महत्त्वपूर्ण नियन्त्रण राख्नेछन्।
ट्रम्पले आफ्नो कर्तव्य र जिम्मेवारीमा विश्वस्त हुने चरित्र, मनोवृत्ति र संविधानप्रतिको प्रतिबद्धता नरहेको देखाएका छन्। आफ्नो पहिलो कार्यकालमा, उनी दुईपटक महाअभियोगमा परे, जसमा उनले आफ्नो कर्तव्यलाई उल्लङ्घन गरेका थिए। उनले चुनावलाई उल्ट्याउन गरेको प्रयासका लागि आपराधिक अभियोगमा पनि परेका छन्। तर, पूर्व राष्ट्रपतिको सबभन्दा खराब प्रवृत्तिहरू पहिलेको प्रशासनमा कार्यान्वयन भएनन्। उनले आफ्ना ती प्रवृत्तिहरूलाई शक्तिमा आएपछि मध्यम बनाएको भन्ने विश्वास केहीले राख्छन्, तर वास्तवमा उनको कार्यमा रोक लगाउने मुख्य कारणमा सधैंभर अरु व्यक्तिहरू थिए – जसमा उनी आफैले गरेका नियुक्तिहरूदेखि प्रतिनिधि सभा र सिनेटका सदस्यहरूसम्म।
ट्रम्पका समर्थकहरूले २०२० को चुनाव उल्ट्याउन गरेको प्रयासमा सहयोगी भूमिका निभाएका थिए उनीहरुले। प्रतिनिधि सभाका रिपब्लिकनहरूको बहुमतले चुनाव प्रमाणिकरण गर्न अस्वीकार गरेका थिए – वर्तमान सभामुख माइक जोनसन त त्यो योजना बनाउन मध्येका एक अभियन्ता नै थिए
यो नयाँ कङ्ग्रेसको पहिलो प्रमुख जिम्मेवारी शान्तिपूर्ण रूपमा शक्तिको हस्तान्तरण सुनिश्चित गर्नु हुनेछ। यसका सदस्यहरूले २०२५ जनवरी ३ मा पदको शपथ लिनेछन्, राष्ट्रपति चुनावको विजेता आधिकारिक अनुमोदन गर्ने काम जनवरी ६ को प्रमाणिकरण प्रक्रियाको तीन दिनअघि मात्र हुन्छ। २०२१ मा रिपब्लिकनहरूले यो आधारभूत जिम्मेवारी पूरा गर्ने कामका लागि अयोग्य ठहरिएका थिए। ट्रम्पका समर्थकहरूले २०२० को चुनाव उल्ट्याउन गरेको प्रयासमा सहयोगी भूमिका निभाएका थिए उनीहरुले। प्रतिनिधि सभाका रिपब्लिकनहरूको बहुमतले चुनाव प्रमाणिकरण गर्न अस्वीकार गरेका थिए – वर्तमान सभामुख माइक जोनसन त त्यो योजना बनाउन मध्येका एक अभियन्ता नै थिए – र सिनेटका रिपब्लिकनहरूको बहुमतले क्यापिटलमा भएको आक्रमणसहितको असफल कूमा ट्रम्पलाई दोषी ठहर गर्न अस्वीकार गरेका थिए।
२०२२ मा दुई पक्षीय बहुमतले पारित गरेको इलेक्टोरल काउन्ट एक्ट रिफर्म एक्ट ले, दुबै सदन कसले नियन्त्रणमा राख्छ भन्नेमा निर्भर नगरी, चुनावी अनियमितताका घटनाहरुलाई घटाउने वा समाप्त गर्ने दिशामा ठूलो कदम चालेको छ, यो कानुन नै धन्यवादको हकदार छ । यदि चुनावी हस्तक्षेप यस पटक पनि हुन्छ भने, यो राज्य स्तरमा हुने सम्भावना बढी छ। तर, ट्रम्पको अघिल्लो चुनाव चोरिएको र आगामी चुनाव पनि चोरिने भन्ने उनको झूटो आरोपहरूको निरन्तर वक्तव्यवाजीका कारण कुनै पनि सदनमा रिपब्लिकन नेताको उपस्थिति मन अस्वीकार गर्नु पर्ने पर्याप्त कारणहरू हुन् ।
यसपछि चाँडै, सिनेटले राष्ट्रपतिको नियुक्तिहरूको विचार र स्वीकृत गर्न थाल्नेछ। टाइम्स समाचारकक्षको को रिपोर्ट अनुसार, ट्रम्पका सहायकहरूले एफबीआईको आवश्यक जाँचबिना नै केही पदहरूका लागि उम्मेदवारहरू अघि बढाउने योजना बनाइरहेका छन्। ट्रम्प पुनः निर्वाचित भएमा, उनले आफ्नो नजिकका सल्लाहकारहरूमा अनुभव वा चरित्र भन्दा आफूप्रतिको निष्ठालाई आधार मानेर प्राथमिकता दिने सङ्केत गरेका छन्। सिनेटले अत्यधिक चरम वा अयोग्य उम्मेदवारहरूलाई रक्षा मन्त्री र महान्यायाधिवक्ता जस्ता मन्त्रिपरिषद्का पदहरू, साथै उच्च अदालत र संघीय अदालतमा नियुक्त हुनबाट रोक्न आवश्यक हुनेछ। यस्तै कार्य २०२० मा सिनेटले गरिसकेको छ, जब यसले फेडरल रिजर्वको बोर्डको सेवाका लागि अत्यधिक अयोग्य व्यक्तिहरूलाई नियुक्त गर्ने ट्रम्पको धेरै प्रयासलाई रोक्यो।
कङ्ग्रेसले राष्ट्रपतिको शक्तिको दुरुपयोगमा एक महत्त्वपूर्ण रोकथामको भूमिका निर्वाह गर्नेछ। ट्रम्पले आफ्नो राजनीतिक प्रतिद्वन्द्वीहरू विरुद्ध राज्य शक्ति प्रयोग गर्ने र अमेरिकीहरूले पवित्र ठानेका अधिकारहरूलाई सीमित गर्ने योजना बनाएको बताएका छन्। उनले ूआन्तरिक शत्रुहरूू जसमा कङ्ग्रेसका सदस्यहरू, न्यायाधीशहरू र पत्रकारहरूलाई समेट्ने, अमेरिकी शहरहरूमा कानूनी प्रदर्शनकारीहरू विरुद्ध सेना परिचालन गर्ने, र आफ्नो प्राथमिकतासँग मेल खाने नीतिहरू नअपनाउने राज्य र स्थानीय सरकारहरूलाई रकम नदिने योजनाहरूको कुरा गरेका छन्। उनले ठूलो मात्रामा कठोर निर्वासन नीति अपनाउने प्रतिज्ञा गरेका छन् र दीर्घकालीन विश्वव्यापी गठबन्धनहरू भत्काउने धम्की दिएका छन्।
कङ्ग्रेसका सदस्यहरूले यी योजनाहरू केहीलाई रोक्न सक्छन् — उदाहरणका लागि, राष्ट्रपतिलाई कुनै व्यापक निर्वासन योजनाका लागि प्रतिनिधि सभाले खर्च अनुमोदन गर्न आवश्यक हुन्छ — र संघीय एजेन्सीहरू तथा कार्यकारी शाखाको लागि महत्त्वपूर्ण अनुगमनको भूमिका खेल्छन्। प्रतिनिधि सभाले वार्षिक खर्च विधेयकहरूको माध्यमबाट ट्रम्पको एजेन्डालाई रोक्न वा सक्षम बनाउनेमा ठूलो भूमिका खेल्न सक्छ । सरकार सञ्चालन गर्न यस्तो विधेयक वा प्रस्ताव पास हुनैपर्ने हुन्छ। यो अझ महत्त्वपूर्ण हुनेछ, यदि ट्रम्पले शिक्षा विभागलाई हटाउने वा शिर्षक नौ को लैंगिक भेदभाव विरुद्धका सुरक्षा समाप्त गर्ने, वा वातावरण सुरक्षा एजेन्सी र आन्तरिक राजस्व सेवा र न्याय विभागको नागरिक अधिकार विभाग जस्ता महत्त्वपूर्ण एजेन्सीहरूको कार्यलाई कमजोर बनाउने योजनाहरू कार्यान्वयन गर्न प्रयास गर्छन् भने।
रिपब्लिकनले नियन्त्रणमा लिएको कङ्ग्रेसले पुर्याउन सक्ने क्षतिको बारेमा चिन्ताा गर्नु पर्ने अन्य कारणहरू पनि छन्। ट्रम्पका निष्ठावानहरूले हाउसको सभामुखका लागि मध्यमार्गी र कट्टरपन्थी दुवै रिपब्लिकन उम्मेदवारहरूलाई बारम्बार अवरोध गरेका थिए, जसले गर्दा कङ्ग्रेसलाई १९६२ यता सबैभन्दा लामो समयसम्म नेतृत्वविहीन राख्यो । त्यसयता, कङ्ग्रेसले प्रायः ट्रम्पका स्पष्ट आदेशहरू अन्तर्गत, जस्तै सरकारलाई खुला राख्नको लागि कोष, रूसको आक्रमणको विरुद्ध युक्रेनको रक्षा गर्नको लागि आवश्यक सहयोग, र आफूहरूकै पार्टीका सदस्यहरूले तयार पारेको सीमा सुरक्षा कानूनलाई रोक्ने कामका लागि चिनिंदै आएका छन् । वास्तवमा, ट्रम्पका सहयोगी माइक जोनसनले प्रस्ताव गरेको गम्भीर कानूनको एउटा पनि उदाहरण खोज्न गाह्रो छ, यद्यपि उनी ट्रम्पका सहयोगी हुन्। अर्कोतर्फ, ट्रम्पको लोकतान्त्र विरोधी एजेन्डालाई समर्थन गर्ने उनको रेकर्ड राम्रोसँग प्रमाणित भएको छ।
हाउसको लागि सबैभन्दा प्रतिस्पर्धी दौडहरूमध्ये धेरैजसो डेमोक्र्याटहरूको बहुमत भएका राज्यहरूमा छन्, जसमा क्यालिफोर्नियामा सात र न्यूयोर्कमा पाँच, साथै कनेक्टिकट, कोलोराडो, मिशिगन र मेरिल्यान्डका महत्त्वपूर्ण दौडहरू समेत सामेल छन्। एरिजोना, आयोवा, पेंसिल्भेनिया, मेन, नेब्रास्का र न्यू मेक्सिकोमा पनि अत्यन्त निकटतम प्रतिस्पत्रर्धा देखिएका छन् । यस वर्ष हाउसको लागि सबैभन्दा प्रतिस्पर्धात्मक दौडहरूमध्ये ४३ मध्ये २२ वटा सम्झौताहीन मानिएका छन्स ती दौडहरूमा प्रत्येक एक मतले ट्रम्पका समर्थकलाई पद लिनबाट रोक्न आवश्यक हुनेछ।
पेंसिल्भेनिया, विस्कन्सिन, ओहायो र मिशिगनमा निकट सिनेट प्रतिस्पर्धाहरु छन् भने मोंटाना, नेब्रास्का र टेक्सासमा प्रतिस्पर्धात्मक सिनेट सीटहरूको दौड छ। हामी मतदाताहरूलाई ती प्रतिस्पर्धात्मक दौडहरूमा ध्यान दिन आग्रह गर्दछौं।
सर्वेक्षणपछि सर्वेक्षणमा, अमेरिकीहरूले आफ्ना सार्वजनिक सेवकहरूबाट बढी सेवा चाहेको बताएका बताएका छन् । मंगलबारको चुनावले उनीहरूलाई राम्रो माग गर्ने अवसर प्रदान गर्छ।
:सम्पादकीय बोर्डद्वारा
(सम्पादकीय बोर्ड विभिन्न क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, बहसकर्ता, र दीर्घकालीन मूल्य मान्यताहरू भएका विचार पत्रकारहरूको समूह हो । यो समूह समाचार विभागबाट पृथक् रहेको छ।)
नोभेम्बर ४, २०२४
:शिर्षक हाम्रो हो । टाइम्ले प्रत्येक राज्यमा प्रत्येक एक भोटको महत्व छ, राखेको थियो ।
प्रतिक्रिया दिनुहोस्