ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाका कार्यकर्तामाथि अश्रुग्यास प्रहार, ६ जना पक्राउ


एबीसी न्यूज
२० कार्तिक २०८१, मंगलबार   २ : ४५   बजे

काठमाडौं २० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका नेता, कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि कास्की प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको छ भने छ जनालाई पक्राउ गरेको छ ।

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहनुभएका रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि मङ्गलबार जिल्ला अदालतमा उपस्थित गराइएका बेला रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका हुन् । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार भएको जानकारी दिनुभयो ।

“प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेका छ । हामीले छ जनालाई नियन्त्रणमा लिएका छौँ । अहिले अवस्था सामान्य छ ।” लामिछाने कात्तिक २ गते पक्राउ परेपछि ३ गतेदेखि नै रास्वपाले लगातार प्रदर्शन गरिरहेको छ । रास्वपाको प्रदर्शन नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी पाण्डेले कात्तिक ४ गते सहिदचोक आसपास र जिल्ला प्रहरी कार्यालय कास्की रहेको क्षेत्रमा निषेधाज्ञा जारी गर्नुभएको थियो ।

लामिछानेसहित गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशीलाई म्याद थपका लागि मङ्गलबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । लामिछाने र जोशीको बयान सकिए पनि अनुसन्धानका अरु काम बाँकी रहेकाले म्याद थपका लागि उपस्थित गराइएको हो ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा लामिछाने र जोशीमाथि अनुसन्धान जारी छ । गोरखा मिडियामा पोखराको सूर्यदर्शनको रकम नियमविपरीत लगी ठगी गरेको अभियोगमा पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो ।

असोज ६ गते पक्राउ पर्नुभएका जोशीसँगै सूर्यदर्शन ठगी आरोपमै पक्राउ पर्नुभएका लीला पछाई र रामबहादुर खनाललाई पनि सँगै म्याद थपका लागि अदालत लगिएको छ । सूर्यदर्शन सहकारीमा एक अर्ब ३५ करोड अपचलन भएकोमा साढे पाँच करोड गोरखा मिडियामा गएको देखिएको छ भने एक करोड लामिछानेकै नाममा सहकारीबाट जम्मा भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group