काठमाडौं, २३ फागुन । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई पनि सरकारमा आउन आह्वान गर्नु भएको छ ।
मन्त्री पण्डितले २ दिनभित्र पुनः मन्त्रिपरिषद् विस्तार हुने र त्यसमा संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टी दुवै दल सहभागी हुने दावी समेत गर्नुभयो ।
बधुबार काठमाडौंमा आयोजित कार्यक्रममा सकेसम्म सबै दललाई सहभागी गराएर मन्त्रीपरिषद विस्तार गर्न कुराकानी भईरहेको पनि स्पष्ट पार्नु भयो ।
मन्त्री पण्डितले मन्त्रालय समायोजनको काम पनि तीव्र गतिमा भईरहेको दावी गर्नुभयो । उहा“ले मुलुकलाई समृद्ध बनाउन जवाफदेही ढंगले अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
मन्त्री पण्डितले चैतको पहिलो हप्ताबाट प्रदेशलाई आवश्यक कानुन निर्माणको कामलाई तीव्रता दिने तयारी भईरहेको पनि बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्