ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना चार जनाको मृत्यु


एबीसी न्यूज
२३ कार्तिक २०८१, शुक्रबार   १२ : ५८   बजे

काठमाडौं २३ कात्तिक । भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्र किलोमा शुक्रवार बिहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सत्र किलो स्थित नारायणगढ मुग्लिङ सडकमा करिब बिहान ३ बजे मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा।प्र। ०६–००१ज ०२९८ नं।को ईभि हायस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा।प्र। ०३–००१ ख २८१२ नं। को बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिमालका अनुसार सो दुर्घटनामा परी मृत्यु हुनेमा हायसमा सवार यात्रुहरू रहेका छन् ।

हायसमा सवार गोर्खा आरुघाट गाउँपालिका वडा नम्बर १ मान्बु का ४० वर्षीय राजबहादुर गुरुङ, हायसमा सवार नाम थर वतन नखुलेकी करिब ४० बर्षकी महिला, हायसमा सवार नाम थर वतन नखुलेको करिब ३२ वर्षको पुरुष र हायसमा सवार नाम थर वतन नखुलेको करिब ३५ वर्षको पुरुषको मृत्यु भएको रिमालले बताउनुभयो । मृतक चारै जनाको टाउकोमा गम्भीर चोट लागेको छ । उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका हुन् ।

यस्तै उक्त दुर्घटनामा परी घाइते भएका बसको सह चालक काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ का ३० वर्षीय भोज विक्रम शाहको भरतपुर अस्पतालमा उपचार भई रहेको छ । यस्तै नाम थर नखुलेका एक पुरुषको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने यस्तै नाम थर नखुलेका ३८ वर्षीय पुरुष घाइतेको टाउकोमा गम्भीर चोट लागेको छ । बसमा सवार उदयपुर कटारी नगरपालिका वडा नम्बर ९ निमपाटा बस्ने वर्ष २४ का श्याम कुमार कार्कीको निधारमा चोट छ । बसमा सवार चितवन रत्ननगर नगरपालिका वडा नम्वर १३ प्रगती टोल बस्ने वर्ष १९ को मो।साकिर मियाँको दाँया कानमा भित्री चोट छ । रत्ननगरकै वर्ष ३२ का साहेब मियाँको दुवै खुट्टामा चोट छ ।

दुर्घटनाग्रस्त बस र हायस अहिले दुर्घटना स्थलमै छन् भने बसका चालक मकवानपुर हेटौडा उपमहानगर पालिका वडा नम्बर ९ बस्ने वर्ष ४४ का सुर्य विक्रम बिस्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय चितवनमा हरेक दिन जसो दुर्घटना भई रहेको छ । यो पछिल्लो दुर्घटना के कारणले भयो भन्ने बारेमा अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu