ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चालक निदाएपछि दुर्घटना, मृतकको सङ्ख्या पाँच पुग्यो


एबीसी न्यूज
२३ कार्तिक २०८१, शुक्रबार   १ : ०२   बजे

काठमाडौं २३ कात्तिक । नारायणगढ मुग्लिङ सडकको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका थप एक घाइतेको शुक्रवार बिहान मृत्यु भएपछि सो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको हो ।

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका विद्युतीय गाडीका चालक चितवन खैरहनी नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय अनोज अधिकारीको उपचारकै क्रममा मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । घाइते भए लगत्तै चितवन मेडिकल कलेजमा ल्याएर उहाँको उपचार गरिएको थियो ।

भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा शुक्रवार बिहान ३ बजे मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा।प्र। ०६–००१ज ०२९८ नम्बरको विद्युतीय गाडी र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा।प्र। ०३–००१ ख २८१२ नम्बरको को बस एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमध्ये तीन जनाको अझै सनाखत हुन सकेको छैन । मृतक एक जना गोरखा आरुघाटका ४० वर्षीय राजबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

विद्युतीय सवारी साधनमा सवार गर्ने नाम वतन नखुलेका एक जना घाइतेको अहिले पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ । विद्युतीय गाडीमा रहेका ६ यात्रुमध्ये उनी मात्रै अब एक बाँकी हुन् ।

दुर्घटनामा परेका बसमा रहेका यात्रुहरू भने उपचारपछि फर्किएका छन् । उहाँको अवस्था सामान्य रहेकाले डिस्चार्ज गरिएको बताइन्छ । दुर्घटना के कारणले भयो अझै यकिन कारण खुल्न सकेको छैन । प्रहरी उपरीक्षक मिश्र भने माइक्रोका चालक निदाएको हुनसक्ने अनुमान गर्नुहुन्छ । “छ जना यात्रु बोकेर आएको विद्युतीय गाडी गलत बाटोमा भएको देखिन्छ । चालकसहित पाँच जना मर्ने यही साधनका हुन्”, उहाँले भन्नुभयो, “हाम्रो प्रारम्भिक अध्ययनले चालक निदाएका हुन् कि भन्ने देखाएको छ । अन्य कुरा अध्ययनबाट खुल्ला ।”

उहाँले विद्युतीय गाडीका यात्रुहरू प्रमाणका रूपमा नभएपछि यसको यकिन कुरा बाहिर आउन पनि गाह्रो हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu