ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री रोजगार कार्यक्रम : सूचीकृत भएकामध्ये ७६ प्रतिशत बेरोजगार


एबीसी न्यूज
२५ कार्तिक २०८१, आइतबार   ११ : ०३   बजे

काठमाडौं २५ कात्तिक । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारी दिने गरी सुरु भएको कार्यक्रमको अवस्था निराशाजनक रहेको छ । गुल्मीमा आर्थिक वर्ष २०७६र७७ देखि चार वर्षमा ४१ हजार ७३ जनाले रोजगारीका लागि आवेदन दिएकोमा नौ हजार ७२४ जनाले मात्रै सय दिनको काम पाएको यहाँका स्थानीय सरकारले जनाएका छन् । स्थानीय सरकारको तथ्याङ्क अनुसार बेरोजारको फाराम भरेकामध्ये पनि ७६।३३ अर्थात् ३१ हजार ३४९ जनाले कुनै काम पाएका छैनन् ।

बेरोजगारका लागि आवेदन दिएकामध्येबाट पनि राजनीतिक आस्थाका आधारमा छनोट गर्ने, यसैमा पनि राजनीति हुने, सोही कार्यक्रम पनि जनप्रतिनिधिको मनोमानी र अनुत्पादक क्षेत्रमा हुने गरेको भन्दै आलोचना हुने गरेको छ । गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेका छन् ।

प्रभावकारी भएन

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्न नसकेको टिप्पणी गर्नुभयो । उक्त कार्यक्रम बाटोमा झार उखेल्ने र अनुत्पादक क्षेत्रमा लगानी भएको भन्दै राज्यको करोडौँ रकम बालुवामा पानी खन्याए सरह भएको उहाँको भनाइ छ । उक्त कार्यक्रम योजना बनाएर काममा लगाएमा राज्यलाई पनि फाइदा हुने र त्यसमार्फत थप रोजगार सिर्जना हुन सक्ने खालको कृषि क्षेत्रमा लगाएमा प्रभावकारी हुने उहाँको तर्क छ ।

जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा चार वर्षमा १२ पालिकामा ४९ करोड ९३ लाख ६४ हजार १५७ रुपियाँ खर्च भयो । कामदारका लागि ४२ करोड २३ लाख ९० हजार २४२ रुपियाँ, रोजगार शाखाका कर्मचारीका लागि सात करोड २८ लाख ५५ हजार २७६ रुपियाँ खर्च भएको छ । यस्तै सामग्री खरिदमा ४१ लाख १८ हजार ६३८ रुपियाँ खर्च भएको पालिकाले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu