काठमाडौं २५ कात्तिक । आइतबार सेयर बजार परिसूचक नेप्से ६२।५४ अंकले बढेर दुई हजार ७३८।०६ विन्दुमा पुगेको छ ।
आज बैंकिङ २४, विकास बैंक १४५, माइक्रोफाइनान्स ७५, जीवन बीमा २८६, अन्य ५२, होटल तथा पर्यटन ६५, निर्जीवन बीमा २५९, उत्पादन १६१, ब्यापार उपसमूह ४१, फाइनान्स ८६ र हाइड्रोपावर उपसमूह १४३ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै गुँरास लघुवित्त, सिर्जनशील लघुवित्त, सुपर मादी हाइड्रोपावर, बलेफि हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, र समृद्धि फाइनान्स कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज सानिमा ग्रोथ फन्डको सेयर साढे ६ प्रतिशत भन्दा धेरैले घटेको छ ।
यस दिन ३२५ कम्पनीको दुई करोड २४ लाख कित्ता सेयर ९ अर्ब ७७ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्