काठमाडौं २५ कात्तिक । सर्वोच्च अदालतमा दुईजना न्यायाधीश नियुक्त भएका छन् । उच्च अदालत, पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डे सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका हुन् ।
संविधानको धारा १२९ को उपधारा २ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई आइतबार न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गत शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले उनीहरूको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्