काठमाडौं २८ कात्तिक । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले एआईको बढ्दो प्रभाव, लोकरिझ्याँइ, फेक न्यूजका कारण लोकतन्त्रको आधारशिला खतरामा पर्ने अवस्था आएको बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले आयोजना गरको कान्तिपुर कन्क्लेभ(२०२४ मा सम्बोधन गर्दै सिरोहियाले नेपालमा पछिल्लो समय भ्रष्टाचार र सुशासनको समस्यासँगै नेतृत्वप्रतिको विश्वास घटिरहेको बताए । यी समस्या समाधान गर्दै नेतृत्वले विश्वास आर्जन गर्नुपर्ने उनको भनाइ छ ।
बालबालिकाको उद्धार र पुनस्स्थापना र शान्तिका लागि नोबेल विजेता कैलाश सत्यार्थीको योगदानले विश्वलाई प्रेरित गरेको बताए ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले उद्घाटन गरेको कन्क्लेभमा बुधबार र बिहीबार राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयहरूमा बहस हुनेछ । यसवर्षको मुख्य विषयवस्तु ‘डेमोक्रेसी इन डिलेमा’ रहेको छ । कान्तिपुर कन्क्लेभको यो चौथो संस्करण हो ।
एनआईसी एसिया बैंकको मुख्य प्रायोजन र एसियन पेन्ट्सको सहप्रायोजन हुने बहसका १२ सत्रमा १० विदेशीसहित ५५ वक्ता रहनेछन् । कन्क्लेभमा नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीले ‘की–नोट स्पिच’ दिनेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत वक्ताका रूपमा कन्क्लेभमा सहभागी हुनेछन् ।
भारतका पूर्वप्रमुख निर्वाचन आयुक्त एसवाई कुरेशी, राजनीतिशास्त्री प्रताप भानु मेहता, विल्सन सेन्टर अमेरिकाको साउथ एसिया इन्स्टिच्युटका निर्देशक माइकल कुगलम्यान, हुवाङचोङ विश्वविद्यालय चीनको इन्स्टिच्युट अफ स्टेट गभर्नेन्सका वाङ पेङ, द हिन्दुकी डिप्लोमेटिक अफेयर्स एडिटर सुहासिनी हैदर, भारतका राजनीतिक अभियन्ता योगेन्द्र यादव, बेलायती लेखक तथा पत्रकार थोमस बेल र अमेरिकी पत्रकार पिटर गिल विभिन्न सत्रमा सहभागी हुनेछन् ।
कन्क्लेभको पहिलो दिन बुधबार ‘दोबाटोमा लोकतन्त्र’, ‘नीति र समृद्धि’, ‘लोकरिझ्याइँको लहर’, ‘सामाजिक सञ्जाल स् दुईधारे तरबार’, ‘कलम र शक्ति स् नेपाली लोकतन्त्र र पत्रकारिताका तीन दशक’ र ‘प्रचण्डपथ सडक कि सत्ता ? शीर्षकमा बहस हुनेछन् ।
दोस्रो दिन बिहीबार ‘निर्वाचन सुधार स् नीति कि प्रवृत्ति रु’, ‘भूराजनीतिक खलबल’, ‘मैदानमा महिला नायक’, ‘सीमापार समृद्धि’, ‘मुख्यमन्त्रीका मुख्य मुद्दा’ र ‘प्रधानमन्त्रीसँग परिसंवाद’ शीर्षकका सत्र रहेका छन् ।
सन् २०२४ मा संसारका धेरैजसो मुलुकका जनताले निर्वाचनमार्फत नेता र नीतिको छनोट गर्ने चुनावमा भाग लिँदै गर्दा मतदातालाई प्रभावित पार्ने ‘पपुलिजम’को लहर पनि चलेको छ । आफ्नो प्रभाव र वर्चस्व स्थापित गर्न सूचना प्रविधिको दुरुपयोग गर्ने प्रवृत्तिले पनि लोकतान्त्रिक आयाममाथि चुनौती थपेको छ । यस्तै विषयमा सार्थक बहस र लोकतन्त्रलाई मजबुत बनाउन यो वर्ष ‘डेमोक्रेसी इन डिलेमा’लाई मुख्य अवधारणा बनाइएको कान्तिपुर मिडिया ग्रुपले जनाएको छ ।
वर्तमानका योजनाकार तथा भविष्यका स्वप्नद्रष्टा, देशभित्रका नीति निर्माता, क्षेत्रीय र अन्तर्राष्ट्रिय सरोकारवाला तथा विचारकहरूको बृहद् मञ्च कान्तिपुर कन्क्लेभमा समस्याको जड खोज्ने मात्र होइन, समाधानको प्रारूपमा पनि बहस गरिने उल्लेख छ । कन्क्लेभको इकान्तिपुर र कान्तिपुर टीभीमा प्रत्यक्ष प्रसारण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्