काठमाडौं २८ कात्तिक । ‘डेडिकेटड’ र ‘ट्रंक लाइन’ महसुल बक्यौता विवादमा सरकार र उद्योगीसँग लामो माथापच्ची चलिरहेका बेला नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज दिउँसो आकस्मिक पत्रकार सम्मेलन घोषणा गरेका छन् ।
गत आइतबारको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महसुल बक्यौता विवादमा विद्युत् आपूर्ति बन्द गरिएका ६१ उद्योगमा लाइन जोड्न निर्देशन दिएको थियो ।
त्यसपछि सोमबार ऊर्जा मन्त्रालयले प्राधिकरणलाई ती उद्योगमा लाइन जोड्न निर्देशक दिएको थियो । बक्यौता नउठाइ लाइन जोड्न नहुने अडानमा रहेको कार्यकारी निर्देशक घिसिङ मन्त्रिपरिषद् निर्णयबाट असमञ्जसमा थिए ।
लाइन काटिएका उद्योगमा पुनः बिजुली आपूर्ति गर्न मन्त्रिपरिषद् निर्णय नै आवश्यक पर्ने भनेका घिसिङ सोही बेहोराको निर्णय भएपछि असमञ्जसमा परेका थिए ।
प्रतिक्रिया दिनुहोस्