ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै


एबीसी न्यूज
३० कार्तिक २०८१, शुक्रबार   ११ : ५७   बजे

काठमाडौं ३० कात्तिक । नेपालबाट पहिलो पटक आजदेखि बङ्गलादेशमा बिजुली निर्यात हुँदैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गर्ने भएको छ ।

गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले बङ्गलादेशमा बिजुली पठाउन लागेको हो । सम्झौताअनुसार भारत हुँदै बिजुली बङ्गलादेशमा पठाउन लागिएको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

बङ्गलादेशलाई बिजुली बेच्ने सुरुवात तीन वटा देशका मन्त्रीले भर्चुअलरुपमा गर्ने तयारी छ । नेपालका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्कासहित भारत र बङ्गलादेशका उर्जा मन्त्रीले दिउँसो पौने एक बजे संयुक्त रुपमा स्वीच थिचेर बिजुली निर्यातको उद्घाटन गर्ने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

यस वर्षका लागि शुक्रवार आज एक दिन मात्र बिजुली निर्यात हुनेछ । नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म बङ्गलादेशलाई बिजुली बिक्री गर्ने सम्झौता छ । त्यसअनुसार नेपालले यस वर्ष आज एक दिन बिजुली बेच्नेछ ।

त्यसपछि बिजुली बेच्न अर्को वर्ष जुन १५ तारिख कुर्नुपर्नेछ । सम्झौताअनुसारको अन्तिम दिन आज बिजुली बङ्गलादेशमा पठाएर सुखद् सन्देश दिन खोजिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताउनुभएको छ ।

बङ्गलादेशमा विद्युत पठाउन आयोजना नै तोकेर भारतबाट स्वीकृति लिनुपर्छ । २५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बङ्गलादेशलाई बेच्न भारतले सहमति दिएको प्राधिकरणले जनाएको छ ।

नेपालले डलरमा बिजुली बिक्री गर्न लागेको यो पहिलो पटक हो । यसअघि भारतसँग भारतीय रुपैयाँ ९भारु० मा कारोबार हुँदै आएको छ । बङ्गलादेशलाई बिजुली बिक्री गर्दा प्रतिमहिना ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणको अनुमान छ । नेपालले विद्युत निर्यात गर्दा प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्ट प्राप्त गर्नेछ ।

गएको असोज १७ मा भएको सम्झौतामा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, बङ्गलादेशको तर्फबाट बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुल करिम र भारतको तर्फबाट एनटिपिसी विद्युत् व्यापार निगम ९एनभीभीएन० की प्रमुख कार्यकारी अधिकृत रेणु नारङले हस्ताक्षर गर्नुभएको थियो ।

प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारणलाइनमार्फत भारतको मुजफ्फरपुर विन्दुसम्म विद्युत पुर्‍याउनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको ह्विलिङ चार्ज अर्थात् प्रसारणलाइनवापतको शुल्क नेपाल विद्युत् प्राधिकरणले र मुजफ्फरपुरबाट बङ्गलादेशसम्मको शुल्क बङ्गलादेशले बेहोर्ने सहमति भएको छ । कति बिजुली निर्यात भयो भनेर यकिन गर्न मुजफ्फरपुरमै मिटर रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

सम्बन्धित

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group