काठमाडौं ३० कात्तिक । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकार संचालनका लागि सत्ता गठबन्धन दलका शीर्ष नेता संलग्न संयन्त्र कुनै सुपरपावर बडी नभएको बताएका छन् । सरकारका कामलाई प्रभावकारी बनाउनका लागि आवश्यकताका आधारमा यसको निर्माण गरिएको उनले प्रस्ट पारे ।
उपनिर्वाचनको मतपरिणाम आफ्नो पक्षमा पार्न कांग्रेसले थालेको चुनावी प्रचारप्रसार अभियानमा सहभागी हुन शुक्रबार रूकुमपश्चिम पुगेका महतले जिल्ला सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, यो संयन्त्रलाई आवश्यकताका आधारमा प्रदेश र जिल्लामा विस्तार गर्ने योजना रहेको छ ।
पछिल्लोपल्ट सहकारीका विषयमा कांग्रेसकै जिम्मेवार नेताहरूको समेत नाम जोडिएको विषयमा कुरा राख्दै महतले तथ्य र प्रमाणका आधारका सबैमा आवश्यक अनुसन्धान र कारबाही हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्