ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रम्हाकुमारीको अभियानले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत पुग्ने : राष्ट्रपति


abc tv
२ मंसिर २०८१, आइतबार   ६ : ०९   बजे

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको बताउँदै पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने बताएका छन् ।

ब्रह्माकुमारी ज्ञानसरोवर एकेडेमी तथा रिट्रिट सेन्टरको आज नगरकोट वडा नं।६ मा उद्घाटन गर्दै उनले जसका कारण विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत पुग्ने बताए ।

राष्ट्रपति पौडेलले भने– ‘यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ । ’

आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महशुस वर्तमान विश्वले गरिरहेको भन्दै उनले मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौंतारीरहेको उल्लेख गरे ।

उनले विश्वमा चरम भौतिक विकासको चाहना र होडबाजी बढ्दै गएका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कँदै गएको बताए ।

राष्ट्रपति पौडेलले ब्रह्माकुमारीले चलाएको आध्यात्मिक जागरणको अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

उनले ज्ञानसरोवर एकेडेमीमा बनेका चारधामसहितका तपस्या केन्द्रहरूले ज्ञान र योगका माध्यमबाट व्यक्ति र समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्ने बताए । राष्ट्रपति पौडेलले यसबाट मानिसलाई आफूलाई संयम राख्दै सुखद जीवनयापनका लागि मद्दत पुग्ने बताए ।

कार्यक्रममा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी डा।राज दादीमा लगायतले केन्द्रका विविध पक्षबारे चर्चा गरे ।

सत्र रोपनी जमिनमा बनेको एकेडेमीलाई आध्यात्मिक शिक्षा,योग र तपस्याको रुपमा विकास गर्ने लक्ष्य लिइएको केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता राष्ट्रिय हित हुनुपर्छ : शंकर पोखरेल

दलित समुदायसँग माफी माग्ने विषय सरकारको प्राथमिकतामा : कानुनमन्त्री गौतम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Rhine River Water Levels Drop to Critical Low Amid German Drought

China’s Economic Imbalance Poses Growing Threat to Global Stability

Iranian General Claims Iran Can Sustain Conflict With US Through Trump’s Presidency

Colombia Earthquake Death Toll Climbs As Rescue Efforts Enter Final Phase

Karoline Leavitt Steps Down As White House Press Secretary

German Authorities Evacuate Buildings Near Train Station After Suspicious Object Found

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu