ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेशसभा नियामवली, २०७४ हस्तान्तरण


admin
२४ फाल्गुन २०७४, बिहिबार   ४ : २४   बजे

सुर्खेत, २४ फागुन । कर्णाली प्रदेशसभा नियामवली, २०७४ मस्यौदा समितिले आज सभामुख राजबहादुर शाहीलाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।

प्रदेशसभा सदस्य सीता नेपालीको संयोजकत्वमा गठित आठ सदस्यीय मस्यौदा समितिले सभामुख शाहीलाई बुधबार साँझ प्रतिवेदन बुझाएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र सामाजिक विकासमन्त्री दल रावलसहितको उक्त समितिले चारवटा समिति र तिनको कार्य क्षेत्रसमेत तोकिएको प्रतिवेदन बुझाएको हो । नियमावली प्रतिवेदनमा २६ परिच्छेद र आठवटा अनुसूची रहेको समितिका संयोजक नेपालीले जानकारी दिनुभयो ।

“समितिको आठवटा बैठक बसेर मस्यौदा तयारीमा व्यापक छलफल ग¥यौँ । तोकिएको १५ दिनको अवधिभित्रै प्रतिवेदन सभामुखलाई बुझाएका छौँ,” उहाँले भन्नुभयो । उहाँले प्रदेशको आवश्यकताका आधारमा तयार गरिएको नियमावली, २०७४ का विषयमा विशेषज्ञहरुबाट पनि सुझाव लिइएको बताउनुभयो । संविधानको धारा, १९३ बमोजिम प्रदेशसभाको कार्यप्रणालीलाई व्यवस्थित गर्न नियमावलीअन्तर्गत विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत साधन र सामाजिक विकास समितिको प्रस्ताव गरिएको छ ।

त्यसैगरी, समितिले कर्णाली प्रदेशसभा कार्य सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि, २०७४ खारेजी र सो कार्यविधिबमोजिम भए÷गरेका काम–कारबाही यसै नियमावलीबमोजिम मानिने प्रस्ताव गरेको छ । महिला र पुरुष दुवैको हत्केलामाथि पृष्ठभागमा कर्णाली प्रदेशको नक्सा र त्यसमाथि नेपालको राष्ट्रिय झण्डा राखिएको, फेदमा कर्णाली प्रदेशसभा सदस्य लेखिएको हुने नमूना पनि प्रस्ताव गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन बुझ्दै सभामुख शाहीले अहिले सबै प्रदेशसभा सदस्यहरु नभएकाले राष्ट्रप्रतिको निर्वाचनपछि मात्र बैठकमा प्रस्तुत हुने बताउनुभयो । प्रदेशसभा बैठकबाट पारित भइसकेपछि मात्र प्रदेशसभा नियमावली, २०७४ जारी हुने उहाँले जनाउनुभयो । प्रतिवेदन हस्तान्तरण कार्यक्रममा समितिका अन्य सदस्यहरु, मीना रखाल, दीनबन्धु श्रेष्ठ, यज्ञबहादुर बुढा र शोशिला शाहीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी भ्रमणमा प्रधानमन्त्री बालेन : पोखराबाट मुस्ताङसम्मको पारिवारिक यात्रा

देउवाको चुनदेवी ‘कमब्याक’ : टिकट खोसियो, सभापति पद गयो, तर देउवाको शक्ति सकिएन !

सम्बन्धित

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

सुदूरपश्चिम सरकार विस्तार, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

सुदूरपश्चिममा एक महिनामै लागुऔषधसहित १६० जना पक्राउ

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

सभामुखको निर्णयमाथि कमलबहादुर शाहको प्रश्न : ‘विश्वासको मत प्रभावित पार्न देउवालाई पदमुक्त गरियो’

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिँदै, नाउपाका ६ सांसद अनुपस्थित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu