ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारी अभावकै कारण प्रदेश ५ को कामकाज प्रभावित


admin
२४ फाल्गुन २०७४, बिहिबार   ६ : ५२   बजे

बुटवल, २४ फागुन । हजारौंको बलिदानी र पटक पटकको संघर्षले मुलुकमा राजनीतिक परिवर्तन आएको छ । सोही राजनीतिक परिवर्तनको महत्वपूर्ण आयाम संघीयता कार्यान्वयनको चरणमा छ । अहिलेको अवस्था राजनीतिक संक्रमणकालको उत्तरार्धको अवस्था हो । यसबाट राष्ट्रलाई पार लगाउन राजनीतिक दलहरुको जति भूमिका हुन्छ, स्थायी सरकार मानिएको कर्मचारीको भूमिका त्यो भन्दा बढी हुन्छ ।

तर, राष्ट्रसेवक कर्मचारीहरुले मुलुकको राजनीतिक परिवर्तनलाई आत्मसात गर्न नसक्दा कतै संघीयता कार्यान्वयनको विषय पुनः संक्रमणकालमै फर्किने त हैन भन्ने प्रश्न उब्जिएको छ । किनकि, सरकारले खटाएको महिनौं बित्दा पनि उनीहरु स्थानीय तह र प्रदेशका सम्बन्धित कार्यालयमा हाजिर भएका छैनन् । कर्मचारीहरु खटाइएको स्थानमा नजाँदा स्थानीय तह र प्रदेश सरकारको काम कारवाही प्रभावित भएको छ ।

प्रसंग हो, प्रदेश नम्बर ५ को । प्रदेशसभा गठन भएर प्रदेशसभाका सदस्यहरुले सपथ खाएको दुई साता बितिसकेको छ । तर, प्रदेशसभा सचिवालयमा खटिएका कर्मचारीहरुमध्ये आधाभन्दा कम मात्र प्रदेश सरकारको कार्यालयमा उपस्थित भएका छन् ।

केन्द सरकारले प्रदेश कार्यालयमा सरुवा गरिसकेका कर्मचारीहरु विभिन्न बहाना बनाउँदै काठमाडौं छाड्न नमानेपछि प्रदेशसभाको कामकाजमा बाधा पुगेको छ । २८ जनाको दरबन्दी भएको प्रदेश नम्बर ५ को प्रदेशसभा सचिवालयमा ११ जना मात्र कर्मचारी हाजिर भएका छन् । प्रदेश संसदलाई आवश्यक चार जना उपसचिवहरुमध्ये एकजना पनि उपस्थित भएका छैनन् भने ६ जना शाखा अधिकृतको दरबन्दीमा दुई जना मात्र हाजिर भएका छन् । प्रदेश नम्बर ५ संसद सचिवालयका सचिव मानबहादुर विकका अनुसार कर्मचारी अभावकै कारण कार्यसम्पादनमा बाधा पुगेको छ ।

सामान्य प्रशासन मन्त्रालयले प्रदेशहरुका लागि कर्मचारीलाई खटाउने काम त गरेको छ, तर समयमा उपस्थित नहुने कर्मचारीलाई कारवाही तत्परता भने देखाएको छैन । बिक भन्छन्, ‘केन्द्रमा बसेर काम गरेका कर्मचारीहरु प्रदेशमा आउन रुचि नै छैन ।’

प्रदेश नम्बर ५ प्रदेशसभाका सभामुख पुर्णबहादर घर्तीको बुझाईमा प्रदेशमा साधन र स्रोत दुबै अपुग हुँदा काममा बाधा उत्पन्न भएको छ । तर सभामुख घर्ती त्यत्तिमात्र कारणले काम नरोकिनेमा विश्वस्त छन् ।

मुख्यमन्त्री तथा मन्त्रालयका लागि एकसय ७४ जना कर्मचारीको व्यवस्था गरिएको छ । फागुनको उत्तरार्धसम्म आधा पनि कर्मचारी पनि कार्यस्थलमा पुगेका छैनन् । कर्मचारीको अभावमा सरकारको काम कारवाही प्रभावित भइरहेका बेला प्रदेश सरकारका मुख्य सचिव शंकरप्रसाद पाठक भने केन्द्र सरकारले पुरानो सवारी साधन पठाइदिएकोमा दुःखी छन् ।

प्रदेशको अस्थायी राजधानी बुटवल र यस आसपासमा संरचनागत परिवर्तनपछि प्रदेश सरकारको मातहतमा आएका धेरै सरकारी कार्यालयहरु रहेका छन् । तरपनि प्रदेश सरकारका मन्त्री तथा अधिकारीहरुले त्यस्ता भवनहरुलाई उपयोग गर्नुभन्दा भवन अभावको बहाना बनाइरहेका छन् । आन्तरिक मामिलामन्त्री कुलबहादुर केसी भैरहवामा बनाइएको निवासमा नबसेर बुटवलकै एक होटलमा बसेका छन् ।

राष्टसेवक कर्मचारीहरुको पहिलो कर्तव्य हो, राज्यले खटाएको स्थानमा पुग्ने र नागरिकको सेवा गर्ने । तर, उनीहरु सरकारले खटाएको महिनौंसम्म कार्यस्थल नगई विभिन्न बहाना बनाएर आफू अनुकूल कार्यालयमा बस्ने व्यवहारले कर्मचारीहरु मुलुकको परिवर्तनलाई आत्मसात् गर्न तयार छैनन् भन्ने देखाउँछ । त्यसैले सुशासन कायम गर्न सरकारको निर्देशनलाई उल्लंघन गर्ने कर्मचारीलाई कारवाही गर्ने हिम्मत देखाएर अन्य कर्मचारीलाई सम्बन्धित प्रदेशमा पठाउनुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सरकारसँगै डराइरहेका छन् व्यवसायी …

सम्बन्धित

बेनी–जोमसोम सडक रातिमा बन्द

जोमसोम–बेनी सडक रात्रिकालीन समयमा बन्द

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रजिअलाई ज्ञापनपत्र

गोरखाको घ्याम्पेसालमा नयाँ सबस्टेसन सञ्चालनमा

पोखरा बसपार्कका सुकुम्बासीको अन्तिम नामावली साउन २२ गते सार्वजनिक हुने

बुर्तिबाङमा शान्ति सुरक्षा बिग्रँदै : सात दलद्वारा चरणबद्ध आन्दोलनको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu