काठमाडौं १० मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले पुछारको साउथह्याम्पटनलाई ३–२ गोलले पराजित गरेको छ । साउथह्याम्पटनलाई उसकै घरेलु मैदानमा हराएसँगै लिभरपुलले लिगको अङ्क तालिकामा दूरी फराकिलो बनाएको छ ।
१२ खेल खेलेको लिभरपुलको ३१ अङ्क भएको छ । समान १२ खेल खेलेर दोस्रो स्थानमा रहेको म्यानचेस्टर सीटीको २३ अङ्क छ । यस्तै तेस्रो स्थानमा रहेको चेल्सीले १२ वटै खेलमा २२ अङ्क बनाएको छ । यस्तै गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाईटेड र इपस्वीचले एक–एक गोलको बराबरी खेलेका छन् ।
१२ खेल खेलेको म्यानचेस्टर युनाईटेड चारमा जीत, चारमा बराबरी र चारमा हारसहित १६ अङ्कका साथ तालिकाको १२ औँ स्थानमा छ । १२ वटै खेलमा नौ अङ्क जोडेको इपस्वीच १८ औँ स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्