काठमाडौं ११ मंसिर । एशियन क्रिकेट काउन्सिल एसीसी को आयोजनामा हुन लागेको १९ वर्षमुनिको एशिया कप खेल्न यूएई जाने नेपाली टोलीलाई आज नेपाल क्रिकेट सङ्घ क्यान ले बिदाइ गर्दैछ । नागपोखरीको एक होटलमा क्यानले नेपाली टोलीलाई बिदाइ गर्न लागेको हो ।
युवा टोली भोलि यूएई प्रस्थान गर्नेछ । आउँदो शुक्रवारदेखि यूएईमा शुरू हुने प्रतियोगिताका लागि हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भइसकेको छ । क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ । टोलीको उपकप्तानमा अर्जुन कुमाल रहेका छन् ।
मङ्सिर १४ देखि २३ गतेसम्म हुने एशिया कपमा नेपालको पहिलो खेल मङ्सिर १४ गते श्रीलङ्कासँंग रहेको छ । दोस्रो खेल १६ गते बङ्गलादेश र अन्तिम खेल १८ गते अफगानिस्तानसँग हुनेछ । एसीसीको आयोजनामा हुने प्रतियोगितामा एशियाका आठ वटा देशले सहभागिता जनाउँदै छन् ।
प्रतिक्रिया दिनुहोस्