ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो जित खोज्दै काठमाडौँ र कर्णाली, दोस्रो भिडन्त विराटनगर र लुम्बिनीको


एबीसी न्यूज
१९ मंसिर २०८१, बुधबार   ८ : ५९   बजे

काठमाडौं १९ मंसिर । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत बुधबार दुई खेल हुनेछन्।  एनपीएलको बुधबारको पहिलो खेलमा कर्णाली याक्स र काठमाडौँ गुर्खाज भिड्दै छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ।  एनपीएलमा दोस्रो खेल खेल्न लागेका कर्णाली र काठमाडौँ दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रिँदै छन्।

कर्णाली सोमपाल कामी र काठमाडौँ करण केसीको कप्तानीमा मैदान उत्रिँदै छन्।

कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो।

शिखर धवन सम्मिलित कर्णालीले पहिलो खेलमा अपेक्षाकृत खेल प्रस्तुत गर्न सकेन। शिखर धवनको खेल हेर्न सयौँ दर्शक मैदानसम्म पुग्ने गरेका छन्।

यता आफ्नो पहिलो खेलमा काठमाडौँले भने चितवन राइनोजसँग ५ विकेटको हार व्यहोरेको थियो। काठमाडौँका साहव आलमले ३ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।

आज एकअर्काविरिुद्ध मैदान उत्रिँदा दुवै टोली पहिलो खेलमा नतिजालाई बिर्सिँदै सुखद सुरुवातको लक्ष्यमा छन्।

दोस्रो भिडन्त विराटनगर र लुम्बिनीको
आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै छन्।

दिनको दोस्रो खेल सोही मैदानमा दिउँसो १ बजे सुरु हुनेछ।

एनपीएलमा तेस्रो खेल खेल्न लागेको विराटनगर पहिलो जितको खोजीमा मैदान उत्रिँदै छ।

विराटनगरले लिगको पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको थियो। मंगलबार भएको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनको फराकिलो हार व्यहोरेको थियो।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर तेस्रो खेलमा आएर जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।

यता लुम्बिनीले भने एनपीएलमा पहिलो खेल खेल्न लागेको हो। लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलको कप्तानीमा मैदान उत्रिनेछ।

लुम्बिनी आजको खेलमा विराटनगरलाई पराजित गर्दै एनपीएलमा सुखद सुरुवात गर्ने दाउमा छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group