ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वमन्त्री अधिकारीलाई पुन: पक्राउको माग गरिएको रिट इजलासको आदेशमा दर्ता


एबीसी न्यूज
२० मंसिर २०८१, बिहिबार   ४ : ३७   बजे

काठमाडौं २० मंसिर । कोसी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई मानव तस्करी मुद्दामा पुनः पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको रिट सर्वोच्च अदालतको इजलासको आदेशमा दर्ता गरिएको छ।

यसअघि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरिएको रिट इजलासको आदेशमा दर्ता गरिएको निवेक वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले जानकारी दिए। उनका अनुसार उक्त रिटको प्रारम्भिक सुनुवाइ मंसिर २३ गते हुने भएको छ।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले जापानमा मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री अधिकारीविरुद्ध मंसिर १० गते मुद्दा नचलाउने निर्णय गरेको थियो।

‘मुद्दा नचलाउने गरी जिल्ला सरकारी वकिल कार्यालयले गरेको निर्णय प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएकोले उक्त निर्णय बदर गरी लीलावल्लभ अधिकारीलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन’ त्रिपाठीले रिट निवेदनमा माग गरेका छन्।

प्रवृत्त भावना राखी बिनाकुनै तर्कपूर्ण आधार प्रहरीद्वारा अनुसन्धानमा प्राप्त प्रमाणहरूलाई पूर्णरूपेण नजरअन्दाज गरी अधिकारीलाई उन्मुक्ति दिइएको आरोप पनि उनले लगाएका छन्।

 

जिल्ला प्रहरी परिसर काठमाडौँले अधिकारीलाई समेत प्रतिवादी बनाउन राय दिएको भए पनि सरकारी वकिल कार्यालयले उनको संलग्नता नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो। लगत्तै अधिकारी रिहा भएका थिए। उनीसँग पक्राउ परेका अन्य ११ जनाविरूद्ध भने मुद्दा चलाइएको छ।
सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले फौजदारी मुद्दा चल्ने वा नचल्ने विषयमा अन्तिम निर्णय गर्ने अधिकार सरकारी वकिलसँग सुरक्षित रहेकोले त्यसविरूद्ध रिट दर्ता गर्न नमिल्ने भनी मंसिर १६ गते लिखित आदेश गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

मिडियाको गेटमा गाडी पार्किङबारे बोल्यो रास्वपा, संलग्नमाथि कारबाही गर्न सरकारलाई ध्यानाकर्षण

सम्बन्धित

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

मिडियाको गेटमा गाडी पार्किङबारे बोल्यो रास्वपा, संलग्नमाथि कारबाही गर्न सरकारलाई ध्यानाकर्षण

मिडिया हाउसलाई आतंकित पार्ने गतिविधि बन्द गर्न नेपाल मिडिया सोसाइटीको माग

अमेरिकी बमबारीपछि इरानको प्रतिकारात्मक आक्रमण, बहराइन, कुवेत, ओमान र जोर्डनमा अमेरिकी सैन्य अड्डा लक्षित भएको दाबी

शक्ति प्रदर्शनको अनौठो शैली : नागरिक, व्यवसाय र प्रेससँग बढ्दो दूरी

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu