ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुटानका राजा काठमाडौंमा


एबीसी न्यूज
२१ मंसिर २०८१, शुक्रबार   १२ : ५८   बजे

काठमाडौं २१ मंसिर । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक निजी भ्रमणको सिलसिलामा काठमाडौं आएका छन् ।

वाङचुकलाई परराष्ट्रमन्त्री डा।आरजू राणा देउवाले विमानस्थलमा स्वागत गरेकी थिइन् ।

केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनी अहिले स्वयम्भू पुगेका छन् । विमानस्थलबाट उनी सिधै स्वयम्भू गएका हुन् । उनी सिनामंगल–तिनकुने–नयाँबानेश्वर–माइतीघर–थापाथली–त्रिपुरेश्वर–टेकु–कालिमाटी–ताहाचल–छाउनी हुँदै स्वयम्भूनाथ गएका थिए ।

स्वयम्भूमा दर्शन र पूजापाठ गरेपछि उनी बौद्धनाथ जाने कार्यक्रम छ । त्यहाँ पनि पूजापाठ सकेर उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किने छन् । विमानस्थलबाट उनी करिब २ः४० बजे फिर्ता हुने तालिका छ ।

 

भुटानका राजाको काठमाडौं आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ । गत बुधबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको सुरक्षा प्रबन्धका लागि नेपाली सेनाले रिहर्सल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

वेदिका केसीलाई एक दिन हिरासतमा राख्न अनुमति

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी

सरकारले दलहरूबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौं : केपी ओली

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu