काठमाडौं २७ मंसिर । बिहिबार सेयर बजार परिसूचक नेप्से ३३।४२ अंकले घटेर दुई हजार ६८२।२९ विन्दुमा पुगेको छ ।
बैंकिङ २५, विकास बैंक ८९, फाइनान्स ८८, होटल तथा पर्यटन १३४, हाइड्रोपावर ३५, जीवन बीमा १८०, निर्जीवन बीमा ११९, माइक्रोफाइनान्स ३४, अन्य १९ र ब्यापार उपसमूह ६२ अंकले घटेको छ । त्यस्तै, आज उत्पादन उपसमूह भने २६ अंकले बढेको छ ।
आज जानकी फाइनान्सको सेयर सबैभन्दा धेरै ९।९९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज त्रिशुली जलविद्युत कम्पनीको सेयर साढे ८ प्रतिशत भन्दा धेरैले बढेको छ ।
यस दिन ३०४ कम्पनीको एक लाख २३ लाख कित्ता सेयर ६ अर्ब १४ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्