ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सभाको विधायन समितिले विधेयकबारे प्रदेशभर सुझाव लिँदै


एबीसी न्यूज
३० मंसिर २०८१, आइतबार   १ : ३०   बजे

काठमाडौ ३० मंसिर । सुदूरपश्चिम प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले स्थानीय सेवाको गठन तथा सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि राय सुझाव सङ्कलन गरेको छ ।
समितिका सभापति दिवानसिंह विष्टको नेतृत्वले शनिवार डोटीमा सुझाव सङ्कलन गरेको हो । समितिले यसअघि कैलाली, कञ्चनपुर, बझाङ र डडेलधुरामा सुझाव सङ्कलन गरेको थियो ।
सुझाव सङ्कलनमा सो समितिका सदस्यहरू लक्ष्मी विक, रामेश्वर चौधरी, जानकी ऐर बम, जुना दानी, इन्दिरा गिरीको सहभागिता रहने गरेको छ ।
डोटीको कार्यक्रममा त्रिवेणी नगरपालिका बाजुराका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवीप्रसाद साहले विधेयकमा कर्मचारीले एक पटकका लागि बढुवा हुने व्यवस्था हुनुपर्ने, करार कर्मचारी हकमा एक पटकका लागि स्थायी गर्नुपर्ने, तहगत बढुवा हुनुपर्ने र अवकाशपछि कसरी व्यवस्थापन गर्ने भन्ने पनि सोच्नुपर्छ भन्नुभएको थियो ।
यस्तै गरेर दिपायलसिलगढी नगरपालिकाका सामाजिक शाखा अधिकृत रमेशचन्द्र जोशी स्थानीय सेवाको गठन तथा सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा सरुवा र वृत्ति विकासमा विभेद नहुने गरेर व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
निजामती कर्मचारी सङ्गठन डोटीका अध्यक्ष लालबहादुर बोगटीले सङ्घीय निजामती ऐन आएपछि मात्र प्रदेशको ऐन आउन जरुरी भएको बताउनुभयो । अहिले नै सो अहिले आउँदा कार्यान्वयनमा आउनेमा उहाँले आशङ्का व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा डोटी, अछाम र बाजुराका विभिन्न पालिकाका प्रमुख÷ उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीको उपस्थिति थियो ।
आइतबार बैतडीको पाटनमा बैतडी र दार्चुलाका पालिकाका प्रमुख÷ उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरूको उपस्थितिमा सुझाव सङ्कलन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group