ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तान हट्दा ईयुको कालो सूचीबाट हटेन नेपाल


एबीसी न्यूज
३० मंसिर २०८१, आइतबार   ७ : १२   बजे

काठमाडौं ३० मंसिर । युरोपियन युनियन ईयू को युरोपेली आयोगले नेपालको हवाइ क्षेत्रलाई कालो सूचीमा कायमै राखेको छ । ईयूले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएका सबै २० वटा वायुसेवा० कम्पनीलाई आफ्नो उक्त सूचीमा यथावत राखेको हो ।

ईयूले नेपाली उड्डयन क्षेत्रलाई सन् २०१३ देखि यो सूचीमा राख्दै आएको छ । नेपाल यसअघि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघ ९आईकाओ० को ‘खैरो सूची’ मा समेत परेको थियो । तर, उड्डयन क्षेत्रको सुरक्षामा सुधार गरेको भन्दै सन् २०१८ मा यो सूचीबाट हटाएको थियो ।

उक्त सूचीबाट हटेपछि ईयूको कालो सूचीबाट हटाउन समेत पटक पटक प्रयास गरे पनि अहिलेसम्म ईयूले नेपाललाई यही सूचीमा कायम राखेको छ । ईयूको कालोसूचीमा पर्दा नेपाली वायुसेवा कम्पनीहरु युरोपेली मुलुकमा उडान भर्न पाइरहेका छैनन् । युरोपेली विमान भने नेपालमा आउन यो सूचीले रोकेको छैन ।

कुन–कुन देश छन् कालोसूचीमा ?

यसपटक तान्जिनियालाई पनि ईयूले यो सूचीमा समावेश गरेको छ । युरोपियन युनियनको नागरिक उड्डयन सुरक्षा एजेन्सी ९ईएएसए० को सुरक्षा चासोका आधारमा तान्जिनियालाई यो सूचीमा समावेश गरिएको आयोगले जनाएको छ । यसपटक पाकिस्तानको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सलाई भने यो सूचीबाट हटाएको उल्लेख गरिएको छ ।

अद्यावधिक विवरण अनुसार १५ देशका १२९ एयरलाइन्स कम्पनी युरोपेली आकाशमा प्रतिबन्ध हुने सूचीमा छन् । यसमध्ये रसियाका २२ एयरलाइन्स, तान्जिनियाको एयर तान्जानिया, जिम्बाबेको एयर जिम्बाब्वे, भेनेजुएलाको एभियर एयरलाइन्स, सूरीनाम ब्लू विंग एयरलाइन्स, इरान असमान एयरलाइन्स, इराकको फ्लाई बगदाद तथा इराकी एयरवेज समेत छन् ।

ईयूले सार्वजनिक गरेको ग्रे–सूचीमा अङ्गोलाको सातवटा एयरलाइन्सलाई यो सूचीमा राखिएको छ भने सोही देशका दुई एयरलाईन्सलाई भने यो सूचीमा राखिएको छैन ।

त्यस्तै, अफगानिस्तानका २, अर्मेनियाका ९, कंगोका १७, जिबुटीको एक, इक्वेटरीय गिनी २, इरिट्रिया २, किर्गिस्तान १४, नेपालको २०, साओ टोमे र प्रिन्सिपको १ र सुडानको १२ वटा एयरलाइन्स अहिले यो सूचीमा छन् । लाइबेरिया र सिएरा लिओनका एयरलाइन्स कम्पनीहरुलाई समेत यो सूचीमा समावेश गरिएको छ ।

त्यस्तै, इरानको एयर इरान र उत्तर कोरियाको एयर कोरियोमाथि समेत विशेष प्रकारका विमान मात्रै उडान गर्न सक्नेगरी प्रतिबन्ध लगाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group