ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्वालिफायर र एलिमिनेटरको रौनकता बुधबारदेखि


एबीसी न्यूज
२ पुस २०८१, मंगलबार   ५ : ५४   बजे

काठमाडौं २ पुष । नेपाल प्रिमियर लिग एनपिएल को लिग चरणका खेलहरु सकिएसँगै प्लेअफको रौनकता बुधबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने पहिलो खेलमा एलिमिनेटरमा स्थान बनाएका एवं लिगको तेस्रो टोली चितवन राइनोज र चौथो टोली कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ ।

यस्तै दिउँसो हुने पहिलो क्वालिफायर ९दोस्रो खेल० मा लिगको शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुनेछ । जारी प्रतियोगितामा सुदूरपश्चिम बलिायो देखिएको छ । लिग चरणको सातमध्ये एउटा खेलमा मात्र पराजय भोगेको सुदूरपश्चिको ब्याटिङ र बलिङ लयमा छ ।

यता लिगको सुरुवाती खेलहरुमा चमत्कारपूर्ण प्रदर्शन गरेको जनकपुरको प्रदर्शन पनि क्वालिफायरमा बलियो हुने अपेक्षा गरिएको छ । जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हारको नतिजा आत्मसाथ गरेको थियो ।

सुदुरपश्चिम र जनकपुरबिचको पहिलो क्वालिफायर खेलको विजेता सोझै फाइनलमा पुग्ने हुनाले बुधबारको खेल निकै महत्वपूर्ण हुनेछ । यस्तै एलिमिनेटर खेलमा चितवन र कर्णालीबिचको खेलमा पराजित टोली बाहिरिनेछ ।

 

विजेता टोलीले भने पहिलो क्वालिफायरमा पराजित टोलीसँग फाइनल पुग्नका लागि फेरि प्रतिस्पर्धाको अवसर पाउनेछ । क्वालिफायरको पराजित टोली र एलिमिनेटरको विजेताबिच फाइनलमा पुग्न बिहीबार प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल शनिबार हुनेछ । उद्घाटन देखिनै हजारौँ नेपाली क्रिकेट दर्शकको साथ पाएको एनपिएलको प्लेअफ चरणका खेलमा दर्शकको चाप झनै बढ्ने देखिएको छ । त्यसैले एनपिएलको प्लेअफ खेलको रौनकता थप चुलिने अपेक्षा गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ ९क्यान० ले नेपाली खेलकुदमै ठूलो आर्थिक लगानीमा आयोजना गरेको एनपिएल सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता पनि हो । विभिन्न देशका ४० भन्दाबढी चर्चित खेलाडीको आगमनले थप चर्चा पाएको एनपिएलको विजेता टोलीले एक करोड १० लाख रुपियाँ पुरस्कार पाउनेछ ।

यस्तै उपविजेतालाई ५१ लाख, तेस्रो हुने टोलीलाई २५ लाख र चौथोलाई १५ लाख रुपियाँ पुरस्कार दिने निर्णय यसअघिनै गरेको छ । एनपिएलको उत्कृष्ट खेलाडीले करिव ६२ लाख रुपियाँको ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पुरस्कार पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध, यात्रु प्रभावित

सिमलधाराको पहिरो हटाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

सम्बन्धित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘भीसी कप फुटसल’ सुरु

एभरेस्ट वुमन्स भलिबल लिगको तेस्रो संस्करण असोज १५ देखि

विराटनगर किंग्सको मुख्य प्रायोजक बन्यो एक्सट्रिम

एसियाली खेलकुदको तयारीमा जुडो खेलाडीहरू

एसीसी प्रिमियर कपमा नेपाललाई ‘गर या मर’को चुनौती, परिवर्तनपछि नयाँ सन्देशसहित मैदानमा उत्रिँदै टोली

लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८३ को शीर्ष आठको सेमिफाइनल समीकरण पूरा भएको छ ।

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu