ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध, यात्रु प्रभावित


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ७ : ०५   बजे

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा प्रमुख राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आइतबार बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै देशका विभिन्न सडकखण्डमा यातायात पूर्ण रूपमा प्रभावित भएको जनाएको छ।

प्रहरीका अनुसार चितवनको पृथ्वीराजमार्ग शनिबार राति १०:२५ बजेदेखि अवरुद्ध छ। इच्छाकामना गाउँपालिका–५, सिमलधारास्थित सडक विस्तार भइरहेको स्थानमा रूखसहितको सुख्खा पहिरो खसेपछि सडक बन्द भएको हो।

त्यस्तै, रोल्पाको भालुवाङ–लिवाङ सडकखण्ड शनिबार राति ९:१५ बजेबाट अवरुद्ध भएको छ। सुनिलस्मृति गाउँपालिका–४, कागडाँडामा पहिरो खसेपछि सडकमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ।

संखुवासभाको भोटखोला गाउँपालिका–३, सिरेकडाँडास्थित कोसी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडकखण्ड पनि वर्षाका कारण अवरुद्ध भएको छ। सडक करिब १० मिटर भासिएपछि उक्त खण्डमा यातायात सञ्चालन हुन सकेको छैन।

यसैगरी, शनिबार राति करिब १०:३० बजे मर्स्याङदी गाउँपालिका–४ मा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। बेनी–जोमसोम सडकखण्ड पनि राति ८:३० बजे थासाङ गाउँपालिका–४, कैकु खोलामा ढुंगासहितको लेदो पहिरो खसेपछि बन्द भएको प्रहरीले जनाएको छ।

बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा शनिबार साँझ ६ बजेदेखि आइतबार बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। मकवानपुरको कान्ति लोकपथमा पनि रातिको समयमा सबै प्रकारका सवारीसाधनको आवतजावत बन्द गरिएको थियो। उक्त सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात रोकिएको प्रहरीले जनाएको छ।

इलामको राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारीसाधन सञ्चालनमा समस्या भएको छ। उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भए पनि वैकल्पिक मार्ग उपलब्ध रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी–२ कोदारी र लिपिङमा पहिरो खस्नुका साथै सडक भासिएपछि यातायात बन्द भएको छ। रसुवाको पासाङ ल्हामु सडकखण्ड र रुकुमपश्चिमको भेरी करिडोरसमेत अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

बाढी र पहिरोका कारण प्रमुख राजमार्गहरू अवरुद्ध हुँदा विभिन्न स्थानमा सवारीसाधन रोकिएका छन्। सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र पर्नुका साथै गन्तव्यमा पुग्न समस्या भएको छ। विशेषगरी पृथ्वीराजमार्ग, कोसी राजमार्ग र अरनिको राजमार्गमा यातायात प्रभावित हुँदा ठूलो संख्यामा यात्रु प्रभावित भएका छन्।

प्रहरीले अवरुद्ध सडकखण्डहरू खुलाउन आवश्यक पहल भइरहेको जनाएको छ। यद्यपि, लगातारको वर्षाका कारण पहिरो हटाउने तथा सडक सुचारु गर्ने काममा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज काठमाडौंका ७ स्थानबाट एलपी ग्यास बिक्री, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल–भारत सैनिक सम्बन्धको सात दशक पुरानो परम्परा, भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज काठमाडौंका ७ स्थानबाट एलपी ग्यास बिक्री, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

जाजरकोटमा पहिरोले घर तथा टहरा भत्कायो, १० घाइते, तीन जना बेपत्ता

नाइमा नेपाल मोबिलिटी एक्स्पो आज समापन हुँदै

नेपाल–भारत सैनिक सम्बन्धको सात दशक पुरानो परम्परा, भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा

२० वाणिज्य बैंकको नाफा ३२ प्रतिशत बढ्यो, नबिल शीर्ष स्थानमा

स्वास्थ्य बिमासँग उपचार प्रोटोकल जोड्ने सरकारको तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu