ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–भारत सैनिक सम्बन्धको सात दशक पुरानो परम्परा, भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ८ : ०५   बजे

काठमाडौँ । नेपाल र भारतबीचको सैनिक सम्बन्ध आपसी विश्वास, सम्मान, सहकार्य र सद्भावमा आधारित रहँदै आएको छ। सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षासँग जोडिएका संवेदनशील विषयमा दुवै देशका सेनाबीच दशकौँदेखि सहकार्य हुँदै आएको छ।

नेपाल–भारत सैनिक सम्बन्धको महत्वपूर्ण विशेषतामध्ये दुवै देशका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा पनि हो। सात दशकभन्दा लामो समयदेखि कायम रहेको यही परम्परालाई निरन्तरता दिँदै भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिँदैछ।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा चारदिने नेपाल भ्रमणमा आउन लागेका जनरल सेठलाई राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले विशेष समारोहबीच मानार्थ महारथीको दर्जा प्रदान गर्नेछन्।

सात दशक पुरानो परम्परा

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार नेपाल र भारतका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ सेनापतिको सम्मान प्रदान गर्ने परम्पराले सात दशकभन्दा लामो इतिहास बोकेको छ।

विसं २००७ मा भारतीय सेनाका तत्कालीन फिल्ड मार्सल केएम करिअप्पालाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गरिएको थियो। त्यसपछि विसं २०२६ मा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई भारतीय सेनाको मानार्थ स्थल सेनाध्यक्षको दर्जा प्रदान गरिएको थियो।

त्यसयता दुवै देशका नवनियुक्त सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ सेनापतिको सम्मान प्रदान गर्ने परम्परा निरन्तर रहँदै आएको प्रवक्ता बस्नेतले बताए। यसअघि नेपाली सेनाका प्रधानसेनापति सिग्देलले भारत भ्रमणका क्रममा भारतीय सेनाको मानार्थ स्थल सेनाध्यक्षको दर्जा ग्रहण गरेका थिए।

सुरक्षा सहकार्यमा निरन्तरता

रणनीतिक सुरक्षाविद् पूर्वरथी डा. आशबहादुर तामाङले नेपाल–भारतबीच लामो समयदेखि कायम नागरिक–सैनिक सम्बन्धलाई सकारात्मक रूपमा लिनुपर्ने बताए। सैनिक सम्बन्ध र सुरक्षा सहकार्य संवेदनशील विषय भए पनि विगतका समस्या तथा सङ्कटका समयमा यसले महत्वपूर्ण सहयोग पुर्‍याएको उनको भनाइ छ।

उनले यस्तो सम्बन्धलाई नेपालको राष्ट्रिय हितमा अझ प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।

विपद् व्यवस्थापनदेखि संयुक्त अभ्याससम्म

नेपाल र भारतका सेनाबीच विपद् व्यवस्थापन, सैनिक तालिम, संयुक्त सैन्य अभ्यास र क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा निरन्तर सहकार्य हुँदै आएको छ।

२०७२ सालको विनाशकारी भूकम्पका क्रममा भारतीय सेनाले नेपालमा उद्धार तथा राहत कार्यमा सहयोग गरेको थियो। त्यस्तै, भारतीय सेनामा कार्यरत गोर्खा सैनिकले लामो समयदेखि भारतको राष्ट्रिय सुरक्षा तथा सार्वभौमिकताको रक्षामा योगदान दिँदै आएका छन्।

भारतीय सेनाका विभिन्न प्रतिष्ठित सैनिक शिक्षण संस्थामा नेपाली सैनिक अधिकारीले तालिम तथा अध्ययन गर्दै आएका छन्। नेपाली सेनाले पनि उच्च हिमाली क्षेत्रमा सैनिक सञ्चालन तथा ‘हाई अल्टिच्युड एन्ड माउन्टेन वारफेयर’ सम्बन्धी आफ्नो अनुभव भारतीय सैनिकलाई प्रदान गर्दै आएको छ।

दुवै देशका सैनिकको क्षमता अभिवृद्धिका लागि सन् २०११ देखि संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ सञ्चालन हुँदै आएको छ। अभ्यासमा सैनिक सीप, विपद् व्यवस्थापन, खोज तथा उद्धारलगायतका विषयमा अनुभव आदानप्रदान हुँदै आएको छ।

नेपाल–भारत सैनिक सम्बन्धमा कायम मानार्थ सेनापतिको परम्परा औपचारिक सम्मानमा मात्र सीमित नभई विगतको सम्बन्ध, वर्तमानको विश्वास र भविष्यको सहकार्यको प्रतीकका रूपमा स्थापित भएको छ। बदलिँदो विश्व सुरक्षा परिवेशमा यसले द्वन्द्वभन्दा सहकार्य, अविश्वासभन्दा विश्वास र प्रतिस्पर्धाभन्दा पारस्परिक सम्मानको सन्देशसमेत दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विद्यालय शिक्षा विधेयक फेरि अघि बढाइँदै, प्रदेश–प्रदेशमा सुझाव सङ्कलन

वाम आन्दोलन अब के गर्ने? एउटै मञ्चमा शंकर, घनश्याम र शक्ति

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Fever Surge Continues as Stephanie White Receives Fan Support

Joshua Báez Makes Historic MLB Debut with Three Home Runs

पहिरो पन्छाएपछि पृथ्वी राजमार्गमा यातायात सुचारु

विद्यालय शिक्षा विधेयक फेरि अघि बढाइँदै, प्रदेश–प्रदेशमा सुझाव सङ्कलन

वाम आन्दोलन अब के गर्ने? एउटै मञ्चमा शंकर, घनश्याम र शक्ति

मुगुम कार्मारोङ गाउँपालिकाको केन्द्र नदी कटान र पहिरोको उच्च जोखिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu