ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोटमा पहिरोले घर तथा टहरा भत्कायो, १० घाइते, तीन जना बेपत्ता


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ८ : ०५   बजे

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि गएको पहिरोले घर तथा अस्थायी टहरा भत्काउँदा १० जना घाइते भएका छन्। पहिरोपछि तीन जना सम्पर्कविहीन भएका छन्।

प्रहरीका अनुसार शनिबार दिउँसो करिब ४ बजेदेखि परेको लगातार वर्षापछि रिसाङ क्षेत्रमा विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोका कारण घर तथा टहरा भत्किएपछि जोखिममा परेका स्थानीयको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ५० जनाको संयुक्त टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। टोलीले पहिरोमा परेका तथा जोखिममा रहेका व्यक्तिको खोजी तथा उद्धार गरिरहेको छ।

पहिरोका कारण भेरी नगरपालिका–३ स्याला निवासी पूर्णबहादुर विकको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घरमा क्षति पुगेपछि उनको परिवार आफन्तको घरमा आश्रय लिएर बसेको छ।

त्यस्तै, भेरी–२ रिसाङकी भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पहिरोले बगाएको छ। ती टहरामा भने हाल कोही बसोबास नगरेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

पहिरोमा परी ६० वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५७ वर्षीया भद्राकली कार्की, ४५ वर्षीय मनवीर चदरा, ४७ वर्षीया मोतीकला विक, ५२ वर्षीय केदार कार्की, करिब २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीया सुन्तली चदरा घाइते भएका छन्।

यस्तै, पहिरो आएपछि भाग्ने क्रममा भेरी नगरपालिका–२ फारुलाका ५४ वर्षीय उमासिंह खत्री, सोही वडाको चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र भेरी नगरपालिका–२ कै ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन तीनै जनाको खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयवासी परिचालन गरिएको छ। लगातार वर्षा भइरहेका कारण पहिरोको जोखिम कायमै रहेकाले खोज तथा उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलको अवस्था मूल्यांकन गर्दै थप जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा घाइतेलाई आवश्यक उपचारको व्यवस्था गर्ने कामसमेत अघि बढाएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विद्यालय शिक्षा विधेयक फेरि अघि बढाइँदै, प्रदेश–प्रदेशमा सुझाव सङ्कलन

वाम आन्दोलन अब के गर्ने? एउटै मञ्चमा शंकर, घनश्याम र शक्ति

सम्बन्धित

नाइमा नेपाल मोबिलिटी एक्स्पो आज समापन हुँदै

२० वाणिज्य बैंकको नाफा ३२ प्रतिशत बढ्यो, नबिल शीर्ष स्थानमा

स्वास्थ्य बिमासँग उपचार प्रोटोकल जोड्ने सरकारको तयारी

तिब्बती अध्ययन सम्मेलन रोकिएपछि उठ्यो प्रश्न : नेपालको प्राज्ञिक स्वतन्त्रता कि भूराजनीतिक संवेदनशीलता?

आजको विदेशी मुद्रा विनिमयदर : डलर १५२.९९ रुपैयाँ

डिजिटल युगमा बढ्दो अपराध र प्रहरीको बदलिँदो जिम्मेवारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu