ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी ठगीको अनुसन्धान प्रभाव पार्न जथाभावी बोल्दै हिँडेका छन् – गृहमन्त्री


एबीसी न्यूज
४ पुस २०८१, बिहिबार   ११ : १६   बजे

काठमाडौं ४ पुष । गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा भइरहेको अनुसन्धानलाई प्रभाव पार्न विभिन्न पार्टीका मानिसले जथाभावी बोल्दै हिँडेको टिप्पणी गरेका छन् । उनले अपराधमा संलग्न देखिए जोसुकै व्यक्ति पनि कानुनी कारबाहीको दायरामा आउनेसमेत बताएका छन् ।

इलाका प्रशासन कार्यालय रामपुर, पाल्पाको नवनिर्मित भवनको बुधबार उद्घाटनका क्रममा मन्त्री लेखकले रास्वपाका नेता–कार्यकर्तातर्फ इंगित गर्दै सहकारी ठगीसम्बन्धी अनुसन्धानलाई प्रभावित पार्न खोजेको बताएका हुन् ।

‘अनुसन्धानको दायरामा ल्याउनलाई ठूलो वा सानो मान्छे भन्ने हुँदैन । जोसुकैलाई अनुसन्धानको दायरामा ल्याइन्छ,’ उनले भने । गृहमन्त्री लेखकले भ्रष्टाचार समाप्त गरेर सुशासन कायम गर्न कांग्रेस–एमालेको गठबन्धन सरकार बनेको बताए ।

उनले शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे । ‘शान्ति सुरक्षा र अमनचयन भएन भने विकास निर्माणदेखि लिएर सबै क्षेत्रमा असर पर्छ,’ उनले भने ।

गृहमन्त्री लेखकले इलाका प्रशासन कार्यालयबाट राहदानी सेवा र राष्ट्रिय परिचयपत्रको सेवासमेत शुभारम्भ गरे । त्यस क्रममा उनले कर्मचारी वा कुनै सामग्रीको अभावले सेवा रोकिने अवस्था नआउने बताए । नागरिकलाई सरल र सहज ढंगले सेवा प्रदान गर्न आवश्यक कर्मचारी व्यवस्थापन हुने उनको भनाइ थियो ।

पाल्पा सदरमुकाम तानसेनदेखि ७० किलोमिटर पूर्वको रामपुर नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालय २०७३ सालदेखि भाडाको भवनमा सञ्चालन हुँदै आएको थियो । चार करोड ६८ लाख ६८ हजार ८ सय ५३ रुपैयाँ लागतमा १४ कोठाको साढे २ तले भवन निर्माण भएपछि त्यसमा कार्यालय सरेको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायण आचार्यले रामपुर क्षेत्रको विकासका लागि इलाका प्रशासन कार्यालयसँगै इलाका प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षकको दरबन्दीको माग गरेका थिए । राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले रामपुर क्षेत्रमा बसाइँसराइ गरेर आउनेको संख्या बढेकाले सेवासुविधा थप्दै लानुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेशसभा सदस्य राजु श्रेष्ठले रामपुर क्षेत्रलाई रोल्पासम्म जोड्ने गरी सडक निर्माणको काम अघि बढेको उल्लेख गर्दै नागरिकलाई जतिसक्दो धेरै सुविधा दिन लागिपरेको बताए । लुम्बिनी प्रदेशसभाका अर्का सदस्य वीरबहादुर रानाले नागरिकले सेवासुविधा नपाएको गुनासो सुन्न नपर्ने अवस्था आउनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group