ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गिनिज बुकमा नाम लेखाउने प्रचण्ड चाहना


admin
२७ फाल्गुन २०७४, आइतबार   ६ : २८   बजे

काठमाडौं, २७ फागुन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कतिजना प्रधानमन्त्री बनाए गिनिज बुकमा नाम लेख्न मिल्छ भन्दै सांसदहरुसमक्ष प्रश्न गरेका छन्।

नेपालमा शान्ति प्रक्रियामा आएपछिका १० वर्षमा १० प्रधानमन्त्री बनेको र आठ जनालाई आफैंले प्रस्ताव गरेको स्मरण गर्दै दाहालले यस्तो प्रश्न गरे।

‘प्रधानमन्त्रीको कार्यकक्षमा बसेर यसो हिसाव गरेको पछिल्ला १० मध्ये ८ प्रधानमन्त्री बनाउने अवसर मलाई प्राप्त भएछ’ पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले भने, अब कति प्रधानमन्त्री बनाइयो भने गिनिज बुकमा नाम लेखिन्छ होला ?’

यद्यपि यो पटक एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउँदा फरक अनुभूति भएको उनले सुनाए । यो चानचुने कुरा नभएको भन्दै उनले अहिलेको व्यवस्थालाई परम्परतागत संसदीय व्यवस्थाका रुपमा मात्र नबुझ्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिँदै प्रचण्डले आफूलाई यसमा खुसी र गर्व दुवै भएको बताएका छन्। दाहालले भने, ‘यो पटक मलाई नयाँ अनुभूति भएको छ। संविधान घोषणा गरेर। तीन तहको निर्वाचन गरिसकेपछि देशमा राजनीतिक स्थायित्वको कसम खाएर प्रधानमन्त्रीलाई विश्वासको मत दिने पहिलो हस्ताक्षरकर्ता भएकोमा गर्वानुभूति छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group