ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछाने हिरासतमा सुतिरहेको ‘भाइरल’ तस्वीरबारे प्रहरीले अनुसन्धान गर्दै


एबीसी न्यूज
४ पुस २०८१, बिहिबार   १२ : २१   बजे

काठमाडौं ४ पुष । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको भनिएको एउटा तस्वीर गएरातिदेखि सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ । रास्वपाका कार्यकर्ता र समर्थकले नै सार्वजनिक गरेको तस्वीरमा लामिछाने जस्तै मान्छे सुतिरहेको देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा यो तस्वीर राख्दै रास्वपाका नेता दीपक बोहराले कास्की प्रहरीले यो फोटो के कारण बाहिर ल्यायो र यसको मूल्य कति हो भन्दै प्रश्न गर्नुभएको छ । उहाँले देशमा न्याय नमरेको भए यस्ता किसिमका क्रियाकलाप गर्न नहुने समेत उल्लेख गर्नुभएको छ ।

रास्वपाका समर्थक र कार्यकर्ताले यो फोटो प्रहरीबाटै बाहिरिएको आरोप लगाउँदै ‘कुन उद्देश्यमा यो फोटो बाहिर लगियो रु यसको जवाफ प्रहरीले दिनुपर्छ’ भन्दै आक्रोश व्यक्त गरेका छन् ।

फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमामा विभिन्न पक्ष–विपक्षमा भइरहेको छ । केहीले तस्बिरको वास्तविकतामाथि नै प्रश्न उठाएका छन् ।

रास्वपा समर्थक डा।निकोलस भुसालले तस्बिर आफूले खिचेको दाबी गर्नुभएको छ । लामिछानेको समर्थनमा प्रदर्शनसमेत गर्दै आएका भुसालले दुई दिनअघि फेसबुकमा यो तस्वीर राखेर हटाएको भन्दै फेसबुकमा चर्चा भइरहेको छ । ‘यो फोटो रियल हो, मैले नै खिचेको हो । गल्ती भयो, माफी चाहान्छु’ भुसालले फेसबुकमा लेख्नुभएको छ ।

प्रहरीले भने यसबारे अनुसन्धान भइरहेको जनाएको छ । ‘हिरासतभित्रको तस्वीर कसैले पनि सार्वजनिक गर्न मिल्दैन, हामी यसबारे अनुसन्धान गरिरहेका छौँ’ नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले उज्यालोसँग भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिमलधारामा ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, नारायणगढ–काठमाडौं आवागमन ठप्प

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu