काठमाडौं ४ पुष । सरकारका मुख्यसचिव एकनारायण अर्यालले संघीयता आइसकेपछि सरकारी निकायहरूबीच समन्वयको अभाव देखिएको बताएका छन्।
बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले संविधानमा सहकार्य, समन्वय र सहअस्तित्व भने पनि धेरै कुराहरू अलमलमा रहेको उल्लेख गरे।
स्थानीय तहले बनाएका कानुनहरू पनि विवादित रहेको उनको भनाइ थियो। संघीय कानुनभन्दा विपरीत कानुन बनाउन नपाइने भए पनि त्यसअनुसारको कानुन नबनेको धारणा पनि उनले राखे।
उनले भने, ‘संघीयता आइसकेपछि गभर्नेन्स सिस्टममा कोर्डिनेसनको ज्यादै अभाव देखिएको छ। भनेको छ, संविधानमा सहकार्य, समन्वय र सहअस्तित्व। तर धेरै कन्फ्युजनहरू क्रिएट भएको छ। पालिकाहरूले कानुन त बनाउनुभएको छ तर तिनै पालिकाहरूको कानुनको बीचमा पनि विवाद छ। संघीय कानुनभन्दा विपरीत कानुन बनाउन पाइँदैन भन्ने छ। तर उहाँहरूले निर्माण गरेका कानुनहरू कहिलेकाहीँ नहुने ठाउँमा अलि बढी एक्टिभ भएको देखिन्छ। हामीले एक आपसमा विश्वास नै आर्जन गर्न सकेनौँ।’
प्रतिक्रिया दिनुहोस्