काठमाडौं ४ पुष । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको इन्डोस्कोपी भएको छ । आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उहाँको इन्डोस्कोपी भएको हो ।
इन्डोस्कोपी गरेपछि प्रधानमन्त्री ओलीले आराम गर्नुभएको छ । आजका लागि तय भएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नास्ट० को पूर्वनिर्धारित कार्यक्रममा समेत उहाँ सहभागी हुनुभएन ।
प्रधानमन्त्री ओलीको अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्