काठमाडौं ५ पुस । भारतको राजस्थानमा ग्यास बोकेको ट्याङ्करमा आगलागी र त्यसपछि विस्फोट हुँदा कम्तीमा ११ जनाको ज्यान गएको छ ।
राजस्थान राज्यको जयपुर–अजमेर राजमागमा ग्यास ट्याङ्कर विस्फोट हुँदा अन्य ३० जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । घाइतेमध्ये धेरै जनाको अवस्था गम्भीर छ । पेट्रोल पम्प नजिकै रोकिराखेको ग्यास ट्याङ्करलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा विस्फोट भएको थियो ।
आगलागीबाट ट्रक र निजी कारसहित झन्डै ४० वटा गाडी जलेर नष्ट भएका छन् । दमकललाई आगो निभाउन निकै कठिनाइ भएको खबरमा उल्लेख छ । ग्यास ट्याङ्करमा लागेको आगो निकै टाढासम्म फैलिएको थियो ।
यसैबीच भारत पेट्रोलियमले घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारलाई जनही ६ लाख र घाइतेलाई २र२ लाख भारु दिने घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्