ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यमनमा रहेका हुथी विद्रोहीमाथि अमेरिकाको आक्रमण


एबीसी न्यूज
७ पुस २०८१, आइतबार   ११ : ०२   बजे

काठमाडौं ७ पुस । अमेरिकाले यमनको राजधानी सानामा रहेका हुथी विद्रोही रहेका स्थानमा आक्रमण गरेको छ । अमेरिकाले हुथी विद्रोहीका मिसाइल भण्डार केन्द्रमा हवाई हमला गरेको हो ।

अमेरिकी सेन्ट्रल कमाण्डले यमनमा आक्रमण पुष्टि गरेको छ । उसले लाल सागरमा हुथी विद्रोहीका ड्रोनहरु र एक एन्टी–सिप क्रुज मिसाइललाई पनि खसालेको जनाएको छ ।

इजरायलमाथि हुथी विद्रोहीले आक्रमण गरेपछि अमेरिकाले पछिल्लो दुई दिनमा दोस्रोपटक आक्रमण गरेको हो । यो आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन । तर कम्तिमा १६ जना मानिस घाइते भएको समाचार छ ।

हुथी विद्रोहीहरुले शनिबार इजरायलको तेल अविवमा एक ब्यालेस्टिक मिसाइलबाट हमला गरेका थिए । यो आक्रमणबाट दर्जनौं व्यक्तिहरु घाइते भएका थिए ।

हुथी इरान समर्थित विद्रोही समूह हो । उसले यमनको उत्तरपश्चिम क्षेत्रमा नियन्त्रण कायम गरेको छ ।

गत अक्टुबर २०२३ मा गाजामा युद्ध सुरु भएपछि हुथीले इजरायलमाथि आक्रमण गर्न थालेको थियो । हुथी विद्रोहीका नेताहरुले प्यालेस्टिनी र आफूहरु एकजुट रहेको बताउने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

सम्बन्धित

मोदीको १३औँ स्वतन्त्रता दिवस सम्बोधन : ‘सप्तधारा’मार्फत विकसित भारत बनाउने घोषणा

होर्मुज जलडमरुमध्यलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको दाबी, इरानको कडा जवाफ

होर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र बनाउने ट्रम्पको दाबी, इरानको कडा प्रतिवाद

आर्कटिकमा रुस–चीन सहकार्य तीव्र, प्रतिबन्धित रुसी एलएनजी चीन पुर्‍याउन नयाँ समुद्री मार्ग

मोदीद्वारा भारतको नयाँ भिजन ‘सप्तधारा’ घोषणा

भारतीय दूतावासमा मनाइयो भारतको ८०औँ स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu