ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविको स्रोत नखुलेको २७ करोड बढी सम्पत्ति, छविको कति ?


एबीसी न्यूज
७ पुस २०८१, आइतबार   २ : ५२   बजे

काठमाडौं ७ पुस ।   राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर भएको छ।

लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणसँगै सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो।

जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माका अनुसार लामिछानेको मात्रै २७ करोडभन्दा बढीको बिगो मागदाबी गरिएको छ।

सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको हो।   उनीसँगै पूर्वडिआइजी छविलाल जोशीको ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको स्रोत नखुलेको हुँदा उक्त रकम मागदाबी गरेको हो।

उनीहरूसँगै जिबी राईको पनि सम्पत्ति जफत गर्न माग गरिएको छ।

आइतबार दर्ता गरिएको पुरक अभियोगपत्रमा ४४ जनालाई प्रतिवादी बनाइएको छ। जसमध्ये ३१ जनालाई सहकारी ठगीमा मात्रै कसुर दायर भएको हो।

आठ वटा कम्पनी र पाँच जनाविरूद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको हो।

सम्पत्ति शुद्धिकरणमा रवि, छवि, जिबी, उनका साझेदार रामप्रसाद खनाल र लिला पछाईविरूद्ध मुद्दा दायर भएको हो। यसअघि सरकारी वकिलले शुक्रबार जिबी राईसहित १९ जनाविरूद्ध थप अभियोग दर्ता गरेको थियो। यो मुद्दामा कुल एक अर्ब ५१ करोड रकमको बिगो मागदाबी गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group