काठमाडौं ७ पुस । आइतबार सेयर बजार परिसूचक नेप्से १३।५३ अंकले घटेर दुई हजार ५८३।२९ विन्दुमा पुगेको छ ।
बैंकिङ १२, विकास बैंक ११२, फाइनान्स ४६, होटल तथा पर्यटन १०, निर्जीवन बीमा १०३, अन्य ७, जीवन बीमा १०१, माइक्रोफाइनान्स १९ र ब्यापार उपसमूह ६३ अंकले घटेको छ । त्यस्तै, आज हाइड्रोपावर २२ र उत्पादन उपसमूह १०५ अंकले बढेको छ ।
आज सप्तकोशी विकास बैंक, माईखोला हाइड्रो, गरिमा विकास बैंकको सेयर सबैभन्दा धेरै घटेको छ । समग्रमा बजार घटे पनि आज सपोर्ट माइक्रोफाइनान्स, बाराही हाइड्रोपावर, न्याग्दी हाइड्रोपावर र सुपरमादी हाइड्रोको सेयर भने १० प्रतिशतले बढेको छ ।
यस दिन ३१९ कम्पनीको ९१ लाख कित्ता सेयर ४ अर्ब ५१ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्