ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविसहित ४४ जनाविरुद्ध मुद्दा दायर


abc

काठमाडौं ७ पुस । जिल्ला अदालत कास्कीमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपा० सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार दिउँसो अभियोगपत्र दर्ता गराएको हो ।

सरकारी वकिल कार्यालयकी सूचना अधिकारी शान्तिदेवी शर्माले ३१ व्यक्ति, आठ कम्पनी र जफत प्रयोजनका लागि पाँच व्यक्ति गरी ४४ जनाविरुद्ध अभियोगपत्र दायर गरिएको जानकारी दिनुभयो । कास्की प्रहरीले गएको सोमबार सरकारी वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको थियो ।

गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेसहित पूर्वउपाध्यक्ष छविलाल जोशी, कर्मचारी लीला पछाई र रामबहादुर खनाललाई सम्पत्ति शुद्धिकरण अभियोग लगाइएको छ । सहकारी ठगीमा ३१ जना नै प्रतिवादी छन् भने १९ जनाविरुद्ध सङ्गठित अपराध अभियोगसमेत लगाइएको छ ।

सूचना अधिकारी शर्माले कसुर अनुसार फरकफरक मागदाबी लिइएको जानकारी दिनुभयो । “सहकारी ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धिकरणसहित राष्ट्र बैक ऐनविरुद्धको कसूरमा समेत अभियोगपत्र दायर गरिएको छ,” शर्माले भन्नुभयो, “शुक्रबार थप अभियोगपत्र दर्ता गरेका थियौँ, आज पूरक अभियोगपत्र दर्ता गरेका हौँ ।”

अभियोगपत्रमा विधाराधीन मुद्दामा थप मागदावी, थप कसूरहरु प्रष्ट उल्लेख गरिएको र सबैगरी ६३ जना प्रतिवादी कायम भएको उहाँको भनाइ छ । सम्पत्ति शुद्धिकरणमा लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपियाँको मागदाबी लिइएको छ । जोशीविरुद्ध भने ७४ करोड ३४ लाख सात हजार एक सय ५५ रुपियाँ बिगो कायम गरिएको छ ।

प्रतिवादीहरुविरुद्ध सहकारी ठगीमा चारदेखि ६ वर्षसम्म कैद, सङ्गठित अपराधमा थप ५० प्रतिशत र सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद हुनुपर्ने मागदावी लिइएको छ । कास्की प्रहरीले सूर्यदर्शन सहकारीको ठगीबारे तीन महिनाभन्दा बढी समयको अनुसन्धानपछि पुस १ गते सरकारी वकिल कार्यालय कास्कीमा प्रतिवेदन बुझाएको थियो ।

अभियोगपत्रमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार एक सय ९४ रुपियाँ बिगो मागदाबी लिइएको छ । जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले म्यानुअल्ली र सिस्टम दुवैमा दर्ता गर्नुपर्ने भएकाले आइतबार कार्यालय समयभित्र अभियोगपत्र दर्ता सकिने उल्लेख गर्नुभयो ।

“दर्ता प्रक्रिया सकिँदै छ । हामी मिसिल अध्ययनमै छौं,” अधिकारीले भन्नुभयो, “भोलिबाट प्रतिवादीहरुको बयान सुरु हुन्छ । बयान सकिएपछि थुनछेक बहस आरम्भ हुन्छ ।”

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कुनै दल फुटाउने र मिलाउने काम गर्दिनँ : प्रधानमन्त्री

रविलाई न्यायिक हिरासत लगियो

सम्बन्धित

बीआरआईमा लोन भन्ने शब्दै छैन- परराष्ट्रमन्त्री राणा

आरजुले सुनाइन् जयशंकर र वाङ यीसँगका केही संवाद

राष्ट्रपतिले सिंहदरबारभित्र बनिरहेको संसद् भवनको अवलोकन गर्दै

पोखरा विमानस्थललाई चलायनमान बनाउन भूमिका खेल्ने चीनको प्रतिवद्धता

थुनछेक बहसमा सरकारी वकिलको तर्क- रविलाई थुनामा नराखे प्रमाण नष्ट हुन्छ

कुनै दल फुटाउने र मिलाउने काम गर्दिनँ : प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: sskandel@abctvlive.com
    News: sskandel@gmail.com
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    sskandel@abctvlive.com
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com