काठमाडौं ८ पुस । धनगढीको शहीद गेटमा रहेका चारवटा पसलमा आगलागी हुँदा झण्डै डेढ करोड मूल्य बराबरको क्षति भएको छ ।
आइतबार साँझ शहीद गेटमा टसर अन्सारीले सञ्चालन गरेको समीर मोबाइल ग्यालरीबाट सुरु भएको आगो सँगैका अन्य पसलमा समेत फैलिएर बढी क्षति भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले विद्युतको तार सर्ट भएर लागेको आगो धनगढी उपमहानगरपालिकाका दुईवटा दमकलको सहायताले राति नै नियन्त्रणमा लिइएको बताए ।
उनका अनुसार समीर मोबाइल ग्यालरीको मात्रै अन्दाजी ९र१० लाख बराबर क्षति भएको छ भने सुरेश पाठकले सञ्चालन गरेको श्रीकृष्ण इन्टरप्राइजेजमा एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण आएको छ ।
यस्तै, दिपेन्द्रप्रसाद पन्तले सञ्चालन गरेको अर्जुन आर्ट्समा अन्दाजी ८र९ लाख र मजिबुल अन्सारीले सञ्चालन गरेको लबली टेलरमा ४र५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्